HamroNepalDainik.com
समाचार

देशमा थप २ सय ५४ जनामा देखियो कोरोना सङ्क्रमण

बिरगंज पर्सा। देशमा थप २ सय ५४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय ५४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ८२ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ८ लाख २४ हजार २ सय २२ पुगेको छ ।

२ सय ३४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ६ हजार ७ सय ७८ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट देशमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related posts

ब्याग बितरण कार्यक्रम सम्पन्न

hamronepaldainik

पर्यटन बोर्डका सीईओ रेग्मी निलम्बनमा

hamronepaldainik

नेपाल निजामती कर्मचारी संगठन पर्साको ११ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: गिरि निर्वाचित

hamronepaldainik
HamroNepalDainik