HamroNepalDainik.com
समाचार

नेपाल निजामती कर्मचारी संगठन पर्साको ११ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: गिरि निर्वाचित

वीरगंज, २९ पुस । नेपाल निजामती कर्मचारी संगठन पर्साको अध्यक्षमा पुनः अमित कुमार गिरी निर्वाचित भएका छन् । बुधबार सम्पन्न संगठनकाे ११ औं जिल्ला अधिवेशनबाट गिरीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति निर्विराेध निर्वाचित भएकाे निर्वाचन समितिका अध्यक्ष जयकान्त झाले जानकारी दिए ।

संगठनको उपाध्यक्षमा संदिप कुमार पटेल, महिला उपाध्यक्षमा निशा दाहाल, सचिवमा सुरेन्द्र प्रसाद यादव, सह–सचिवमा रामसुन्दर महतो, कोषाध्यक्षमा राजेश राम, सदस्यहरु बन्दना खतिवडा, टिका मायाँ वस्नेत, मन्जु कायस्थ, रितु कुशवाहा, सुरेश प्रसाद यादव, सदाम हुसेन, राकेश साह, स‌ंदेश कुशवाहा, रमेश गुप्ता, उपेन्द्र प्रसाद गाैराे, विनाेद मिश्र, संदिप साह, पप्पु कुमार पटेल, सराेज यादव, नरेन्द्र प्रसाद यादव निर्विराेध निर्वाचित भएकाे उनले वताए ।

वीरगंजस्थित जिल्ला समन्वय समिति पर्सा नजिक रहेकाे संगठनकाे भवनमा भएकाे अधिवेशनबाट केन्द्रिय प्रतिनिधिहरुमा रिमा साह, राजेश्वर प्रसाद कुशवाहा, ध्रुव प्रसाद चाैरसिया, संताेष कुमार यादव, प्रकाश पुडासैनी र गणेश राम सर्वसहमत चयन भएका छन् ।

यस्तै, प्रदेश प्रतिनिधिहरुमा रेखा पटेल, इन्दल प्रसाद चौरसिया, रतेन्द्र दास, बिजय कुमार झा, संजय पटेल, मनाेज साह, रामप्रबेश यादव, बन्टी कुमार चाैरसिया, प्रदिप चाैरसिया, सुधांशु शेखर प्रसाद चयन भएका छन् । अधिवेशनको उद्घाटन नेपाल निजामती कर्मचारी अधिकारिक ट्रेड युनियन नेपालका अध्यक्ष भोला पोखरेलले गरेका थिए । उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष पाेखरेलले कर्मचारी समायाेजन ऐन ट्रुटी पुर्ण रहेकाे वताए ।

उनले ट्रुटी पुर्ण र अन्याय पूर्ण कर्मचारी समायाेजन ऐनलाई सच्याउनु पर्ने वताउँदै गरिएकाे कर्मचारी समायाेजन पुन: गर्नु पर्ने वताए । उनले भने “कर्मचारीहरु बिचकाे एकता हुनु जरुरी छ । श्रमको सम्मान हुनु पर्छ । निजामती सेवामा दास प्रथा उन्मुलन गर्नु पर्छ । करार कर्मचारीलाई पनि विदा, उपचारको सुविधा सरकारले दिनु पर्छ ।”

अध्यक्ष पाेखरेलले कर्मचारीको मनोबल बढाउने काम सरकारको गर्नु पर्ने वताउँदै निजामती सेवामा सेवा र सुविधा बढाउन पर्ने धारणा राखे । उनले २ नम्बर प्रदेशमा कोई पनि उप सचिव आउन नमानेको वताउँदै आएकाे अधिकृत कर्मचारीलाई काम गर्न नदिने आफू अनकुल काम गरेन भने लखेटन समेत काम भईरहेको वताए ।

अधिवेशन उद्घाटन समाराेहमा सेवा निवृत भएका कर्मचारी अरुण महताे, सुबदार प्रसाद यादव, हरेन्द्र प्रसाद यादव, कृष्ण कुमार मिश्र, नगिना साह, प्रसन्न गिरी, दुर्गा कार्की, अरुण सिन्हा, मदन माेहन माली र पत्रकार शम्भु कुमार सुमनलाई सम्मान समेत गरिएकाे थियाे । संगठन पर्साका अध्यक्ष गिरीकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा संगठनका केन्द्रिय सदस्य जयकान्त झा, राज कुमार दास,
जिल्ला समन्वय समिती पर्साको समन्वय अधिकारी एवम् संगठनका सल्लाहकार छविरमण भट्टराई, निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन पर्साका अध्यक्ष सुबादार यादव, काेषाध्यक्ष ध्रुप चाैरसिया, नेपाल निजामती कर्मचारी युनियन पर्साको अध्यक्ष विजय गुप्ता, शिक्षक महासंघका पर्साका सचिव विनोद गिरि, जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता, अरुण महताे लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

संगठकी सदस्य निशा दाहालले संचालन गरेकी कार्यक्रममा स्वागत मन्तव्य संगठनका संदिप पटेलले राखेका थिए ।

Related posts

छिपहरमाई गाउँपालिकाकामा शिक्षकहरु द्वारा तालाबन्दी

hamronepaldainik

पर्यटन बोर्डका सीईओ रेग्मी निलम्बनमा

hamronepaldainik

आजदेखि देशभर सेना परिचालन

hamronepaldainik
HamroNepalDainik