HamroNepalDainik.com
बैंक/वित्त

नेको इन्सुरेन्स वीरगंजद्वारा विभिन्न स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

वीरगंज ८ बैशाख ।
पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ११  स्थित गोल्डेन फ्युचर स्कुल तथा काबेरी एकेडमीमा नेको इन्सुरेन्स लिमिटेड वीरगंज शाखाले मंगलबार  “नेकोको अभियान, शिक्षामा योगदान” भन्ने मुल नाराका साथ बिमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा कम्पनिका मधेस प्रदेश कलस्टर हेड बिक्रम आलेको निर्देशनमा विधार्थीहरुलाई पनि बिमा सम्बन्धि जानकारी हुन आवश्यक रहेको बताउदै  विद्यार्थीहरु सँग अभिमुखिकरण कार्यक्रम गरिएको बताए । नेको इन्सुरेन्स लि. वीरगंज शाखाका कलस्टर हेड बिक्रम आले , प्रनिश सापकोटाले सो स्कूलमा अध्यनरत्त कक्षा ९ र १० का विद्यार्थीहरुलाई बिमा के हो ? बिमा कसरी हुन्छ, यसबाट हुने फाईदाहरु लगायतका विषयमा जानकारी गराएका थिए ।

गोल्डेन फ्युचर स्कुलका प्रिन्सिपल उमेश साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विधार्थी हरुलाई शिक्षाको साथसाथै बिमा सम्बन्धि जानकारी पनि जरुरी रहेको बताएका थिए सो कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, बुद्धिजिवी, सञ्चारकर्मी लगायतको उल्लेखनिय सहभागीता रहेको थियो । भने कार्यक्रमको सहजीकरण रुपनारायण ठाकुरले गरेका थिए ।

Related posts

बैंक तथा वित्तीय संस्थाको कुन क्षेत्रमा कति लगानी ?

hamronepaldainik

प्राइम कमर्सियल बैंकद्वारा केडिया आँखा अस्पताललाई २ थान स्टिल ट्यांकी सहयोग

hamronepaldainik

श्रीनिधि साकोसको ११ औं वार्षिक साधारणसभा सम्पन्न

hamronepaldainik
HamroNepalDainik