HamroNepalDainik.com
Uncategorizedसमाचारस्थानिय

पर्सामा तीन प्रमुख प्रशासकीय अधिकृतको सरुवा

वीरगञ्ज । पर्सा जिल्लाका तीन स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका र कालिकामाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको हो।

मन्त्रालयका अनुसार पोखरिया नगरपालिकामा उपसचिव शेखर पौड्याललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित पठाइएको छ। गृह मन्त्रालयमा कार्यरत पौड्याललाई नयाँ जिम्मेवारी दिइएको हो। यसअघि उक्त नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा कौशल झा कार्यरत थिए।

त्यसैगरी, बहुदरमाई नगरपालिकामा उपसचिव रमेश अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत अधिकारीलाई नयाँ जिम्मेवारीसहित बहुदरमाई पठाइएको हो। यहाँ यसअघि वृजकिशोर प्रसाद प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए।

यस्तै, कालिकामाई गाउँपालिकामा केशव कुमार अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएको छ। यहाँ कार्यरत राज कुशवाहालाई गृह मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ भने अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट जिम्मेवारी दिइएको हो।

मन्त्रालयले गत चैत ३० गतेको निर्णयअनुसार २१ जना उपसचिव र ६ जना शाखा अधिकृतको एकैपटक सरुवा गरेको थियो। सोही निर्णयअनुसार पर्साका यी तीन स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको जनाइएको छ।

Related posts

मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित

hamronepaldainik

पोखरिया नगरपालिकाको ९ औं नगर सभाबाट ४४ करोड ४० लाखको बजेट प्रस्तुत

hamronepaldainik

रहबर केयर द्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

hamronepaldainik
HamroNepalDainik