HamroNepalDainik.com
समाचार

अब शनिबार र आइतबार बिदा दिने सरकारकाे निर्णय, कार्यालय समय ९ देखि ५ बजेसम्म

काठमाडौं । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भोलिदेखि लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार पेट्रोलियम आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो । उनले भोलि अर्थात् चैत २३ गतेदेखि उक्त व्यवस्था लागू हुने जानकारी दिए ।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरूको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको छ । ‘शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गरिएको छ,’ प्रवक्ता पोखरेलले बताए ।

सरकारको यो निर्णयले इन्धन खपत घटाउने र सेवा प्रवाहलाई व्यवस्थित गर्ने अपेक्षा गरिएको छ ।

Related posts

बिरगंजमा सुनचाँदी व्यवसायीहरू द्वारा विरोध प्रदर्शन

hamronepaldainik

अनियमितता भएकाे भेटिएपछि केन्द्रध्यक्ष सहित खटिएका सबै कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाइयाे

hamronepaldainik

वीरगंज नाका स्थित नेपालि भूमिमा भारतीय एसएसबीले गोली चलाएको स्थानीयहरुको भनाई

hamronepaldainik
HamroNepalDainik