HamroNepalDainik.com
शिक्षासमाचारस्थानिय

अनियमितता भएकाे भेटिएपछि केन्द्रध्यक्ष सहित खटिएका सबै कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाइयाे

१० चैत, वीरगंज । एसईई परिक्षा संचालनकाे तेस्राे दिन गणित विषयकाे परिक्षामा पर्साका केही केन्द्रहरुमा मर्यादा विपरित कार्य गरेकाे भेटिएकाे छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयको  नेतृत्वमा अनुगमन टाेलीले वीरगंजकाे सुरजी देवी केन्द्र लगायकाे परिक्षा केन्द्रमा मर्यादा विपरित काम गरेकाे फेला परेपछि केन्द्राध्यक्ष सहित परिक्षा संचालनकाे लागि खटिएका सबै कर्मचारीहरुलाई कारवाही गरेकाे छ ।

परिक्षामा अनियमिता भएकाे भेटिएपछि जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष समेत रहेका सिडिओ अर्यालकाे अध्यक्षतामा बसेको बैठकले एसईई परिक्षा अनुगमनका क्रममा वीरगंज महानगरपालिका वडा नं १२ स्थित सुरजी देवी माध्यमिक विद्यालयको केन्द्रमा अनियमितता, लापरवाही तथा उच्श्रृङ्खल क्रियाकलाप समेत भएको देखिएकोले उक्त परीक्षा केन्द्रमा खटिएका पदाधिकारीहरुलाई कारवाही गरेकाे हाे ।

बैठकले सुरजी देवीका केन्द्राध्यक्ष नन्दकिशोर राम, सहायक केन्द्राध्यक्ष सविता चौधरी र चन्द्रशेखर झा तथा उक्त केन्द्रमा खटिएका सबै निरिक्षकहरुलाई जिम्मेवारीबाट मुक्त गरी बैकल्पिक सूचीमा रहेका केन्द्राध्यक्ष श्री नेरा मावि श्रीपुरका मावि शिक्षक ब्रजमोहन प्रसाद कानुलाई केन्द्राध्यक्षको जिम्मेवारी प्रदान गरेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

यसका साथै सुरजी देवी परिक्षा केन्द्रका परिक्षार्थी सिम्बल नं. ०३७०२४५६ (डी )लाई यस वर्षको परीक्षाबाट निष्काशन गर्ने समेत बैठकले निर्णय गरेकाे छ ।

यसैगरी बैठकले वीरगंज महानगरपालिका कै नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरका केन्द्राध्यक्षले संदेहास्पद गतिविधि गरी उक्त केन्द्रको समग्र अनुशासनको पक्ष समेत फितलो बनाएकोले थप सावधानी, सतर्कता र अनुशासित आवद्धता सहित परीक्षा संचालन गर्न केन्द्राध्यक्षलाई सचेत गराउने र उक्त केन्द्रका आगामी परीक्षाहरुमा सुक्ष्म निगरानी गर्ने पनि निर्णय गरेकाे जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत दिपक पटेलले जानकारी दिए ।

Related posts

अश्लिल गीत तथा डिजे बन्दको निर्णय, कार्यान्वयनका लागि संवाद कार्यक्रम

hamronepaldainik

सिद्धार्थ माविकाे व्यवस्थापन समिति गुपचुप गठन

hamronepaldainik

नेपालगन्जमा कर्फ्यु जारी

hamronepaldainik
HamroNepalDainik