HamroNepalDainik.com
समाचार

पर्यटन बोर्डका सीईओ रेग्मी निलम्बनमा

२ पुस, काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकत (सीईओ) डा. धनन्जय रेग्मीलाई निलम्बन गरेको छ । पदीय हैसियतको दुरुपयोग गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा रेग्मीलाई निलम्बन गर्ने निर्णय पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गरेका हुन् ।

सचिव न्यौपानेले पर्यटन बोर्डको अध्यक्षका हैसियतमा यस्तो निर्णय लिएको जानकारी आफूले पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जानकारी दिए ।

यसअघि त्रिभुवन विमानस्थलमा रक्सीको निहुमा भन्सारका कर्मचारीसँग झगडा गरेको भन्दै रेग्मीलाई लिखित स्पष्टीकरण सोधिएको थियो । ‘उहाँमाथि लागेको आरोपबारे थप अनुसन्धान हुन्छ,’ मन्त्री आलेले अनलाइनखबरसँग भने ।

शुक्रबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले रेग्मीमाथि लागेको आरोपबारे छानबिन गर्न एक समिति पनि गठन गरेको छ, बोर्ड अध्यक्ष पर्यटन मन्त्रालयका सचिव रहने प्रावधान छ ।

योगेश भट्टराई पर्यटनमन्त्री हुँदा रेग्मी बोर्डका नियुक्त भएका थिए ।

Related posts

एल.एस. न्यूरो हस्पिटलमा ‘आमा सुरक्षा’ कार्यक्रम संचालन

hamronepaldainik

एफएम रेडियोहरु समस्यामा

hamronepaldainik

सुरु भयो प्रधानमन्त्री र कानुन व्यवसायीहरु बीच छलफल

hamronepaldainik
HamroNepalDainik