HamroNepalDainik.com
राजनीतिसमाचारस्थानिय

पाेखरियामा नेवि संघकाे समिति गठन

Avatar

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिकामा नेपाल विद्यार्थी (नेवि) संघकाे समिति गठन भएकाे छ । पोखरिया नगरपालिकाकाे वडा नम्बर ५ स्थित नेपाली कांग्रेसको सम्पर्क कार्यालयमा भएकाे नेवि संघकाे भेलाले जय प्रकाश ठाकुर अध्यक्षतामा समिति गठन गरेकाे नेवि संघ पर्साका सचिव फिरोज अन्सारीले जानकारी दिए ।

नवगठित समितिकाे वरिष्ठ उपाध्यक्षमा बिकास यादव, उपाध्यक्षमा रुपेस चौहान, वरिष्ठ सचिव मनोहर साह, सचिव दिलिप रौनियार, सह सचिव दिनेस मण्डल, राकेस मिश्रा, मजबुल्लाह मिया तेलि, कोषाध्यक्ष रिना दास, सदस्य पानालाल महतो, दिनेश पासवान, प्रवेज आलम, सुरज पटेल लगायतका चयन भएकाे जिल्ला सचिव अन्सारीले वताए ।

नेबि संघ पर्साका अध्यक्ष रमेश यादवको सभापतित्व र पोखरिया नगरपालिकाका पूर्व मेयर तथा नेपाली कांग्रेसका नेता दिप नारायण प्रसाद रौनियारकाे प्रमुख आतिथ्यता भएकाे भेलामा नेपाली कांग्रेसका रिजवान अन्सारी, राजु गिरि, सुरेन्द्र सिंह लगायतकाे विशेष उपस्थिती रहेकाे थियाे ।

Related posts

कांग्रेसलाई माधव नेपालको चेतावनी : हैसियतभन्दा बढी सिट नखोज

hamronepaldainik

त्रिशूलीमा बेपत्ता बसको पर्दा भेटियो

hamronepaldainik

 सशस्त्र प्रहरी द्वारा ८ सय केजी काजु बरामद

hamronepaldainik
HamroNepalDainik