HamroNepalDainik.com
समाचारस्थानिय

वीरगञ्ज–१९ कांग्रेस सभापतिमा ध्रुव चौरसिया निर्विरोध चयन

Avatar

वीरगञ्ज । नेपाली कांग्रेस वीरगञ्ज महानगरपालिका–१९ को वडा सभापतिमा ध्रुव प्रसाद चौरसिया सर्वसम्मत चयन भएका छन्।
नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रियाबाट चौरसियालाई वडा सभापतिमा सर्वसम्मत चयन गरिएको हो। वडा अधिवेशनमा सहभागी कांग्रेसका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको सहमतिमा चौरसिया सभापतिमा चयन भएका हुन्।
सभापतिमा चयन भएपछि चौरसियाले पार्टीको संगठनलाई वडा तहमा थप सुदृढ बनाउँदै कार्यकर्ताबीच आपसी एकता र सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले पार्टीको नीति, सिद्धान्त र संगठनलाई मजबुत बनाउन सबै नेता तथा कार्यकर्तालाई साथमा लिएर अघि बढ्ने बताएका छन्।
वडा अधिवेशनबाट चौरसिया सर्वसम्मत चयन भएपछि स्थानीय कांग्रेस कार्यकर्ताहरूले उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

Related posts

ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचनमा पहिलो चरणको नतिजा सार्वजनिक

hamronepaldainik

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पर्साका मालपोत अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

hamronepaldainik

वीरगंज महानगरपालिकाको १६ औं अधिवेशन सम्पन्न

hamronepaldainik
HamroNepalDainik