वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवासँगै पर्साका विभिन्न स्थानीय तहको प्रशासनिक नेतृत्वमा फेरबदल भएको छ।
मन्त्रालयले सार्वजनिक गरेको सरुवा विवरणअनुसार पर्साका धोबिनी, पकाहामैनपुर, पटेर्वासुगौली, जिराभवानी, परवानीपुर, बिश्रामपुर, पर्सौनी र छिपहरमाई लगायतका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी परिवर्तन भएको छ।
को कहाँ पुगे?
प्रमुख प्रशासकीय अधिकृत हालको कार्यालय सरुवा भएको कार्यालय
सञ्जीव कुमार यादव सखुवा प्रसौनी गाउँपालिका, पर्सा धोबिनी गाउँपालिका, पर्सा
सुमित कुमार सिंह जिल्ला समन्वय समितिको कार्यालय, पर्सा पकाहामैनपुर गाउँपालिका, पर्सा
मोहम्मद नवाज हुसैन ईशनाथ नगरपालिका, रौतहट पटेर्वासुगौली गाउँपालिका, पर्सा
कृष्ण नन्दन राय देवताल गाउँपालिका, बारा परवानीपुर गाउँपालिका, पर्सा
कृष्ण प्रसाद खत्री धोबिनी गाउँपालिका, पर्सा जिराभवानी गाउँपालिका, पर्सा
सन्देश कुमार यादव जगन्नाथपुर गाउँपालिका, पर्सा बिश्रामपुर गाउँपालिका, बारा
नवीन कुमार श्रीवास्तव पर्सौनी गाउँपालिका, पर्सा गृह मन्त्रालय वा अन्तर्गत
प्राण मेहता पटेर्वासुगौली गाउँपालिका, पर्सा गृह मन्त्रालय, काठमाडौं वा अन्तर्गत
सञ्जीव साह छिपहरमाई गाउँपालिका, पर्सा पर्सा गाउँपालिका, सर्लाही
सरुवा सूचीअनुसार पर्साका केही स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् भने केही कार्यरत अधिकृत अन्य स्थानीय तह तथा संघीय निकायमा पुगेका छन्।
प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहको प्रशासनिक नेतृत्वमा महत्वपूर्ण भूमिका रहने पद भएकाले पछिल्लो सरुवाले स्थानीय तहको सेवा प्रवाह तथा प्रशासनिक कामकारबाहीमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।
सरुवापछि पर्साका स्थानीय तहमा नयाँ प्रशासनिक नेतृत्व आउने क्रम सुरु भएको छ। नयाँ अधिकृतहरूले जिम्मेवारी सम्हालेसँगै स्थानीय तहको नियमित प्रशासनिक काम, विकास योजना कार्यान्वयन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
