HamroNepalDainik.com
राजनीतिसमाचार

कांग्रेसलाई माधव नेपालको चेतावनी : हैसियतभन्दा बढी सिट नखोज

Avatar

१८ भदौ, विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका कारण सिट बाँडफाँट टुङ्गो नलागेको बताएका छन् ।

शनिबार बिराटनगरमा आयोजित पेशागत महासंघको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेसले अस्वभाविक दाबी गरेका बताए । ‘हामीले छलफल चलाइरहेका छौ, तर कांग्रेसमा अहंकार देखिएको छ,’ उनले भने, ‘हामीलाई सय सिट चाहियो । उब्रिएको तिमीहरु बाँड भन्छन् । हामीले उनीहरुलाई जवाफ दिएका छौं, हैसियतभन्दा बढी माग्ने काम नगर ।’

२०७४ सालमा २३ सिट मात्र जितेको कांग्रेसलाई त्यसको तीन गुनासम्म दिन सक्ने उनले बताए । ‘२३ को तीन गुणा ६९ सिट, त्यसमा एउटा थपिदिँदा ७० सिट’ उनले भने ,‘हामी ७० भन्दैछौं, उनीहरु सय भन्दैछन् । मिलाउने गाह्रो छ ।’

सहमतिको प्रयास जारी रहेको बताउँदै उनले सहमति नभए एक्लै उठ्ने आट गर्नुपर्ने बताए । ‘के भयो के भयो भन्ने तपाईँहरुको मनका प्रश्न होला,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘उही बालुवाटारमा बालुवा पेलेका पेल्यैछौं, त्यो बालुवाबाट तेल निस्किएको छैन । आज पनिपेल्नुपर्ने हो कि !’समानुपातिक चुनावमा पार्टीको भोट आफैलाई आउने बताउँदै उनले भने, ‘भएन भनेपनि एक्लै उठ्ने आट गर्नुपर्छ ।’ साभार onlinekhabar

Related posts

५९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा पाण्डेको दाबी

hamronepaldainik

बिन्दवासिनी गाउँपालिका अध्यक्षमा लोसपा बाट तिवारी र उपाध्यक्षमा एमाले बाट चाैरसिया विजयी

hamronepaldainik

खानेपानीमन्त्री यादवले सरसफाइको क्षेत्रमा राजनितिक दलहरुसँग खोजे प्रतिबद्धता

hamronepaldainik
HamroNepalDainik