वीरगञ्ज । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरगञ्ज शाखा कार्यालय नयाँ स्थानमा स्थानान्तरण गरिएको छ। सेवाग्राहीलाई थप सहज, व्यवस्थित र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले शाखा कार्यालय स्थानान्तरण गरिएको हो।
वीरगञ्जमा आयोजित शाखा कार्यालय स्थानान्तरण तथा उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कम्पनीका सीईओ राजकुमार आर्याल, मधेस प्रदेश प्रमुख नवराज चौधरी, क्षेत्रीय कार्यालय प्रमुख प्रमोद साह, वीरगञ्ज शाखा प्रमुख नरेश पटेल तथा शाखाका एडीएम बब्लु चौरसियालगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै कम्पनीका सीईओ राजकुमार आर्यालले सेवाग्राहीको विश्वासलाई कम्पनीको मुख्य आधारका रूपमा लिँदै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताए। उनले बदलिँदो समय र सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै आधुनिक तथा सहज बीमा सेवा उपलब्ध गराउन कम्पनी निरन्तर सक्रिय रहेको उल्लेख गरे।
मधेस प्रदेश प्रमुख नवराज चौधरीले वीरगञ्ज तथा मधेस प्रदेशमा बीमा सेवाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए। उनले सेवाग्राहीलाई बीमाको महत्वबारे जानकारी गराउँदै सरल र सहज रूपमा सेवा उपलब्ध गराउन सके बीमाप्रतिको विश्वास अझ बढ्ने बताए।
त्यस्तै, क्षेत्रीय कार्यालय प्रमुख प्रमोद साहले शाखा कार्यालयको स्थानान्तरणसँगै सेवाग्राहीलाई थप सुविधा पुग्ने विश्वास व्यक्त गरे। उनले शाखाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारीबीचको समन्वय र सेवाग्राहीसँगको सकारात्मक सम्बन्ध महत्वपूर्ण रहेको बताए।
वीरगञ्ज शाखा प्रमुख नरेश पटेलले नयाँ कार्यालयबाट सेवाग्राहीलाई छिटो, सहज र व्यवस्थित सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले वीरगञ्ज क्षेत्रका बीमित तथा सेवाग्राहीको आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राखेर शाखाको सेवा विस्तार गर्दै लैजाने बताए।
शाखाका एडीएम बब्लु चौरसियाले कार्यालय स्थानान्तरणसँगै सेवाग्राहीलाई थप सहज वातावरणमा सेवा प्रदान गर्न सकिने बताए। उनले शाखामा आउने सेवाग्राहीलाई आवश्यक जानकारी तथा सेवा सरल र प्रभावकारी रूपमा उपलब्ध गराउन कर्मचारीहरू प्रतिबद्ध रहेको उल्लेख गरे।

कार्यक्रममा कम्पनीका कर्मचारी, अभिकर्ता तथा सेवाग्राहीहरूको समेत सहभागिता रहेको थियो। नयाँ स्थानबाट शाखाले बीमा सेवा तथा सेवाग्राहीसँग सम्बन्धित विभिन्न कार्यलाई निरन्तरता दिने जनाएको छ।
