HamroNepalDainik.com
समाचारस्थानिय

बिन्दवासिनी गाउँपालिका अध्यक्षमा लोसपा बाट तिवारी र उपाध्यक्षमा एमाले बाट चाैरसिया विजयी

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका अध्यक्षमा लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका प्रमाेद तिवारी र उपाध्यक्षमा नेकपा एमालेकी ज्याेति देवी चाैरसिया विजयी भएका छन् ।
गाउँपालिका अध्यक्षमा लाेसपाका उम्मेदवार तिवारी ४ हजार १४१ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय बिन्दबासिनीले जनाएकाे छ । उनकाे निकतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका विवेक चाैरसिया ३ हजार ४६८ मत प्राप्त गरेका छन् । तिवारी ६७३ मतले विजयी भएका हुन् ।
एमालेका गम्भिरा साह तेली १ हजार ८८९, जनता समाजवादी पार्टी (जसपा) नेपालका निर्वतमान गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु १ हजार २ सय ९२ मत र नेपाल सुशासन पार्टीका मधुसुधन चाैरसिया ५९९ मत ल्याएका छन् ।
गाउँपालिका उपाध्यक्षमा एमालेकी ज्याेति देवी चाैरसिया २ हजार ३६६ मत ल्याएर विजयी भएकी छन् । उनकाे निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी सुनिता चाैरसिया २ हजार २८७ मत प्राप्त गरेका छन् । एमालेकी ज्याेति माओवादीकी ज्याेति भन्दा ७९ मत बढी ल्याएर विजयी भएकी हुन् ।
कांग्रेसकी किरण देवी गुप्ता २‍ हजार २८१ मत, लाेसपाकी अनिता देवी गुप्ता १ हजार ६११ मत र जसपाकी मिरा ठाकुर १२०८ मत पाएका छन् ।
५ वटा वडा रहेकाे गाउँपालिकाकाे ३ वटा वडामा कांग्रेस र एक/एक वटा वडामा जसपा र माओवादी विजयी भएकाे छ ।
वडा नं. १ काे वडाध्यक्षमा जसपाका अकक्षय लाल महताे, वडा नं. २ मा कांग्रेसका मुक्तीनाथ प्रसाद कुर्मी, वडा नं. ३ मा कांग्रेस कै जयप्रकाश चाैरसिया, वडा नं. ४ मा पुन: कांग्रेस कै अनाेज चाैरसिया र वडा नं. ५ मा माओवादी केन्द्रका माेहन राउत अहिर विजयी भएका बिन्दवासिनी गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत अरुण कोईरालाले बताएका छन् ।

Related posts

कालिकामाई गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा नमोनाथ यादव

hamronepaldainik

१३ लाख नगद सहित जगरनाथपुरका रवि पटेल पक्राउ

hamronepaldainik

वीरगंज महानगरले संचालनमा ल्यायो आफ्नै जनस्वास्थ्य प्रयोगशाला, सहुलियत मूल्यमा स्वास्थ्य परीक्षण हुने

hamronepaldainik
HamroNepalDainik