HamroNepalDainik.com
प्रदेशराष्ट्रियसमाचार

५९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा पाण्डेको दाबी

१० कात्तिक, हेटौंडा । पाँच दलीय गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । पाँच दलीय गठबन्धनले ५९ सांसदको समर्थनसहित एकीकृत समाजवादीका सांसद पाण्डेलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।

पाण्डेले ५९ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् । १०९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ ।

Related posts

आर्थिक क्रान्तिको लागि नेपाली काङ्ग्रेसको जित आवश्यक : नेता रिजाल

hamronepaldainik

हिन्दू परिष्द नेपालको राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रम सुरु हिन्दू परिषद् नेपालद्धारा वीरगंजमा भव्य रुपमा राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रम शुभारम्भ

hamronepaldainik

चोरी भएका २३ वटा मोटरसाईकल धनीले पाए

hamronepaldainik
HamroNepalDainik