HamroNepalDainik.com
समाचार

 सशस्त्र प्रहरी द्वारा ८ सय केजी काजु बरामद

पर्सा  । वीरगंजबाट सशस्त्र प्रहरीले  साेमबार ठूलाे मात्रामा अवैध काजु बरामद गरेकाे छ । सशस्त्र प्रहरी १३ नम्बर गण पर्साकाे टोलीले वीरगंज महानगरपालिका वडा नं १० ठाकुरराम बहुमुखी क्याम्पस पछाडी सिर्सिया पुल नजिकरहेको बजरंग टोलमा एक गोदाममा छापामारी गरेर अवैध काजु बरामद गरेकाे हाे ।

सशस्त्र प्रहरी नायब उपरिक्षक देबेन्द्र बहादुर सिंहको कमाण्डमा १० जना र वीरगंज भन्सार कार्यालय पर्साका भन्सार अधिकृत दिपेन्द्र शर्मा पौडेलको कमाण्डमा रहेको ७ जना प्रहरी सहितको संयूक्त टोलीले ८ सय केजी काजु बरामद गरेकाे जनाएकाे छ ।

वीरगंज १० स्थित मंगनी राउतकाे घरमा भन्सार छली गरि ल्याइएकाे काजु बरामद गरिएको प्रहरी नायब उपरिक्षक सिंहले जानकारी दिए । बरामद काजुको अनुमानित मूल्य ७ लाख २० हजार रुपैयाँ रहेको उनले बताए ।

बरामद काजु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरी नायब उपरिक्षक सिंहले जानकारी दिए । काजु कसको हो भन्ने कुरा भने अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएकाे छ ।

Related posts

विन्दवासिनी गा.पा.को अध्यक्षमा नेपाली काँग्रेसबाट चौरसियाको टिमले मनोनयन दर्ता गराए

hamronepaldainik

ठगी धन्दा चलाएका मेरी सर्भिसले बिरामीहरुको ज्यान सँग खेलवाड गर्दै

hamronepaldainik

वीरगंजको मुख्य सडक विस्तारको सुनुवाई २४ औँ पटक पनि सर्यो

hamronepaldainik
HamroNepalDainik