HamroNepalDainik.com
समाचारस्थानिय

विन्दवासिनी गा.पा.को अध्यक्षमा नेपाली काँग्रेसबाट चौरसियाको टिमले मनोनयन दर्ता गराए

वीरगंज, १२ बैशाख ।

पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट बिवेक चौरसिया लगायतको टिमले मनोनयन दर्ता गराएको छ ।

नेपाली कांग्रेस बिन्दबासिनी गाउँपालिका पर्साका सभापति समेत रहेका चौरसियाले गाउँपालिका अध्यक्षका लागि गाउँपालिका कार्यालयमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । ब्यानर एवम् रुख चिन्ह सहित हजारौँ नेता तथा कार्यकर्ताहरु चौरसियाको मनोनयन दर्ता गराउन उपस्थित रहेका थिए ।

बाजागाजासहित मनोनयन दर्ता गराउन पुगेका चौरसियाले जनताको उत्साहजनक उपस्थितीले आफु पनि उत्साहित भएको प्रतिक्रिया दिएका छन् । जनताबाट प्राप्त गरेको साथ, समर्थन र मायाले सँधै भरी निरन्तरता पाइरहने र आगामी दिनमा अँझै जनलहर बढ्ने अध्यक्षका उम्मेदवार चौरसियाको विश्वास छ ।

नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष बिबेक चौरसियासँगै उपाध्यक्षमा किरण गुप्ता, वडा नं. १ को अध्यक्षमा सत्येन्द्र नारायण ओझा, वडा नं. २ को अध्यक्ष पदमा मुक्तिनाथ प्रसाद कुर्मी, वडा नं. ३ को अध्यक्ष पदकमा जय प्रकाश चौरसिया, वडा नं. ४ को अध्यक्ष पदमा अनोज कुमार चौरसिया, वडा नं. ५ को अध्यक्ष पदमा सुकदेव राउत अहिरले वडा सदस्य सहित मनोनयन दर्ता गराउनु भएको छ ।

Related posts

अख्तियारले छापा मारेपछि मुख्यमन्त्री आक्रोसित, भने– संघीयता विरोधीहरु बदनाम गर्न खोजियो

hamronepaldainik

सिफारिस विपरीत सरकार ससर्त अनुदानमा केन्द्रित, वित्त आयोग असन्तुष्ट

hamronepaldainik

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

hamronepaldainik
HamroNepalDainik