HamroNepalDainik.com
समाचारस्थानिय

ब्याग बितरण कार्यक्रम सम्पन्न

बिरगंज पर्सा, २२ फागुनl

पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं-४ मा ब्याग बितरण कार्यक्रम सम्पन्न भएको छ ।

बिन्दवासिनी गाउँपालिका वडा नं-४ का वडा अध्यक्ष अनोज कुमार चौरसियाले वडा स्तरीय योजना अन्तर्गत आइतबार श्री ने.रा.प्रा.वि.मधवल र अमरपट्टीमा अध्ययनर बालबिकास देखी कक्षा ५ सम्मका बालबालिकालाई ब्याग वितरण गर्नु भएको छ।

सामुदायिक विधालयप्रति विधार्थीहरुलाई आकर्षित गर्न तथा बिद्यार्थीहरुलाई प्रोत्साहित गर्नको साथ – साथै बच्चा शिक्षित हुदाँ एउटा युग शिक्षित हुने उदेश्यले ब्याग वितरण गरिएको वडा अध्यक्ष चौरसियाले बताएका छन।

ब्याग वितरण कार्यमा शिक्षा शाखा प्रमुख कपिल लामिछाने,वडा सदस्य,विधालयका प्रधानाध्यापक,शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो।

Related posts

१० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

hamronepaldainik

पोखरीयामा अन्य पार्टी त्यागेर सयकडो जाना लोसपामा प्रवेश

hamronepaldainik

बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग

hamronepaldainik
HamroNepalDainik