HamroNepalDainik.com
प्रदेशराष्ट्रियसमाचार

एनआरएनएको निर्वाचन ३० नोभेम्बरमा गर्ने निर्णय

३१ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन ३० नोभेम्बरमा गर्ने निर्णय भएको छ । एनआरएनएको १०औँ महाधिवेशन तथा निर्वाचन अक्टोबर महिनामा नै हुनुपर्ने थियो । अक्टोबर महिनामा नै निर्वाचन गर्ने गरी एनआरएनएले तयारी थाले पनि प्रतिनिधि छनोटमा बिवाद पछि परराष्ट्र मन्त्रालयले निर्वाचनका कार्यक्रम रोक्न भनेको थियो ।

तत्कालका लागि रोकिएको निर्वाचन कार्यक्रम प्रतिनिधि छनोट लगायतका समस्याहरु समाधान गरी नोभेम्बर ३० मा गर्ने निर्णय गरिएको एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले जानकारी दिए । उनका अनुसार भर्चुअल माध्यमबाट बसेको कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको छ ।

‘हामीले कार्यकाल थप्न पाउँने अधिकतम् सीमा भनेको ६ महिना भएकाले भोलि निर्वाचन परसारिहाल्नु पर्दा पुनः थप्नु नपरोस् भनेर यस्तो निर्णय गरेका हौं’ महासचिव केसीले भने, ‘तर निर्वाचन हामी ३० नोभेम्बरमा नै गछौं, जतिसक्दो चाडो निर्वाचन गर्नुपर्छ भन्ने हो ।’

यस अघि १०औँ महाधिवेशन तथा निर्वाचन २३ देखि २५ अक्टोबरमा गर्ने निर्णय भएपनि परराष्ट्र मा उजूरी परेपछि मन्त्रालयले संस्थाको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न पत्राचार गरेको थियो ।

Related posts

बिन्दवासिनि गाउँपालिकाको वडा नं.५ को अध्यक्ष पदको उमेदवार दिलिप पटेल लोकप्रिय बन्दै

hamronepaldainik

सरकारले ‘बेरुजु फछ्र्यौट समिति’ गठन गर्ने

hamronepaldainik

पत्रकार महासंघ पर्सामा एकलौटी निर्णयको कार्य समिति सदस्यद्वारा नै विरोध

hamronepaldainik
HamroNepalDainik