बिरगंज १२ बैशाख ।
मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाको मेयरमा सता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का नेता राजेशमान सिंहको उम्मेदवारी दर्ता गरेका छन् ।
तेसै गरी उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दर्ता गराएका छन् । बीरगन्जको आदर्शनगर रंगशालाबाट जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादव लगायत हजारौँको उपस्थितीमा सिँह जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित निर्वाचन केन्द्रसम्म पुगेका हुन् ।
ब्यानर एवम् छाता चिन्ह र छातासहित हजारौ नेता तथा कार्यकर्ताहरु जसपाबाट सिँहको मनोनयन दर्ता गर्न उपस्थित थिए । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दुबै जनाले उम्मेदवारी दर्ता गराएका हुन्। सता गठबन्धनले गरेको सहमतिअनुसार वीरगञ्ज महानगरपालिकाको मेयर जनता समाजवादी पार्टी र उपमेयर नेपाली कांग्रेसले पाएको छ। बाजागाजासहित मनोनयन दर्ता गराउन पुगेका सिँहले जनताको उत्साहजनक उपस्थितीले आफु पनि उत्साहित भएको प्रतिक्रिया दिएका छन् । प्रतिगमनविरुद्धको गठबन्धनले विजयी हाँसिल गरेर देखाउने सांसद प्रदीप यादवको दावी छ ।
केन्द्रिय समितिको निर्णयअनुसार पवित्र गठबन्धन भएको हुँदा यसमा कसैले घात नगर्ने र जनताको भलाई तथा बीरगन्जको बिकासका लागि सबैले ऐक्यबद्धता जनाएको यादवले बताए । जनताबाट प्राप्त गरेको साथ, समर्थन र मायाले सँधै भरी निरन्तरता पाइरहने र आगामी दिनमा अँझै जनलहर बढ्ने मेयरका उम्मेदवार सिँहको विश्वास छ ।