HamroNepalDainik.com
समाचारस्थानिय

कालिकामाई ३ मा एकै दिन स्केब कल्भर्ट र स्वास्थ्य चाैकी भवनकाे शिलान्यास

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ३, हरिहरपुर बिर्तामा एकै दिन गंगाेल नदीमा स्केब कल्भर्ट र स्वास्थ्य चाैकीकाे शिलान्यास गरिएकाे छ । हरिहरपुरमा निर्माण हुने कल्भर्ट र स्वास्थ्य चाैकी भवनकाे साेमबार गाउँपालिका अध्यक्ष बशिष्ठ कुमार गुप्ताले शिलान्यास गरेका हुन् ।

गंगोल नदिमा प्रदेश सरकारबाट ५० लाखकाे लागतमा उपभाेक्ता समिति मार्फत स्केब कल्भर्ट निर्माण हुने गाउँ कार्यपालिका कार्यालयले जनाएकाे छ ।

यसैगरी ८३ लाखकाे लागतमा उपभाेक्ता समिति मार्फत नै कालिकामाई मन्दिर जाने बाटाेमा स्वास्थ्य चाैकी भवनाकाे निर्माण हुने छ । जसमा जिल्ला समन्वय समिति, पर्साले ४८ लाख र बाकी गाउँपालिकाकाे लागत लाग्ने छ ।

कल्भर्ट र स्वास्थ्य चाैकी भवनकाे शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष गुप्ताले उपभाेक्ता समितिलाई निर्माण कार्य मापदण्ड अनुसार समय मै पुरा गर्न निर्देशन समेत दिए ।

वडाध्यक्ष संजय कुमार पटेलकाे अध्यक्षतामा भएकाे शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरी, प्रशासन शाखा प्रमुख सराेज साह, आइटी अफिसर अमित चाैरसिया लगायतकाे उपस्थिती रहेकाे थियाे ।

Related posts

इन्सेककाे अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न

hamronepaldainik

पर्सा–२ मा रिमा यादवको घरदैलो अभियान,सूर्य चिन्हमा मतदान गर्न आग्रह

hamronepaldainik

बजेटबारे ओलीको टिप्पणी : अनुचित, सिद्धान्तहीन र प्राथमिकताविहीन

hamronepaldainik
HamroNepalDainik