HamroNepalDainik.com
समाचार

चुनावी वाचा पुरा गर्दै मेयर सिंह : घरदैलोमै डाक्टर र ल्याब सहितको निशुल्क उपचार सेवा

वीरगञ्ज ,२६ भदौं /

चुनाव ताका जनता सामु गरेका वाचा पुरा गर्न वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नगरवासीको घरदैलोमै स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य उपचार सेवा दिन थालेका छन् ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३० लालपर्साबाट सुरु गरिएको स्वास्थ्य कार्यक्रममा गर्भवती महिलाको परीक्षण, प्याथोलोजी ल्याब, गर्भवती महिलाको लागि भिडियो एक्सरे, जेनरल परीक्षण, ईसिजी सेवा सहित निशुल्क औषधी समेत वितरण गरिने मेयर राजेशमान सिंहले बताए ।

महानगरको स्वास्थ्य शाखा अनुसार मेयर घरदैलो कार्यक्रममा एमबीबीएस चिकित्सक सहित २५ जना स्वास्थ्यकर्मीको टिम रहेका छन् । महिलाले स्वास्थ्य समस्य सजिलै स्वास्थ्यकर्मीलाई भन्न सकुन भनेर चिकित्सक र स्वास्यकर्मी पनि महिलानै राखिएको महानगरका मेयर राजेशमान सिंहले जनाए ।

चिकित्सकको सिफारिसमा महिलाहरुलाई पोसिलो खानाको समेत व्यवस्था गरिएको छ ।

स्वास्थ्य चौकीमै सबै सेवा उपलब्ध हुन्छ भन्ने जानकारी गराउन पनि महानगरले यो अभियान सञ्चालन गरेको मेयर सिंहले बताए ।

कार्यक्रममार्फत ९८ किसिमको औषधिसमेत वितरण हुने स्वास्थ्य शाखा प्रमुख रितेश जैसवालले जानकारी दिए। उनका अनुसार महानगरपालिकाको मोबाइल सेवा ल्याबबाट विभिन्न किसिमको रोगको परीक्षणसँगै निःशुल्क औषधि वितरण गर्न थालिएको छ।

‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’मार्फत आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि ५ बजेसम्म चेकजाँच हुनेछ। कार्यक्रममा वीरगन्ज महानगरपालिकाको चिकित्सक र स्वास्थ्यकर्मीहरू परिचालन गरिएको छ। वडा नम्बर ३० का अध्यक्ष मनोज यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अन्सारीलगायत सहभागी भएका थिए।

प्रत्येक वडावासीले यो सेवा लिने हुनेमा महानगरपालिकाले विश्वास लिएको छ ।

Related posts

सन्दीपको प्रतिक्रिया : फैसलालाई सम्मान गरेर अगाडि बढ्छु

hamronepaldainik

विन्दवासिनी गा.पा.को अध्यक्षमा नेपाली काँग्रेसबाट चौरसियाको टिमले मनोनयन दर्ता गराए

hamronepaldainik

वीरगञ्ज प्राविधिक विश्वविद्यालय स्थापना सम्बन्धि अध्यादेश जारी

hamronepaldainik
HamroNepalDainik