HamroNepalDainik.com
प्रदेशसमाचार

नवनियुक्त मुख्यमन्त्रीले सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न दिए निर्देशन

३१ असोज, वीरगन्ज  :मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले मधेस प्रदेशमा आम जनतालाई सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न प्रदेशका सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

शुक्रबार मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा चारवटै सुरक्षा निकायका प्रमुख र मन्त्रालयहरूका सचिवसँगको औपचारिक बैठकमा मुख्यमन्त्री सोनलले आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरि काम गर्न निर्देशन दिएका हुन्।

मुख्यमन्त्री सोनलले बैठकमा सहभागी प्रदेशका मुख्य सचिव र मन्त्रालयका सचिवहरूलाई पनि जनतालाई छिटो छरितो तथा पारदर्शी रूपमा सेवा प्रवाह गर्न निर्देशन दिए। हालै भएको जेनजी पुस्ताको आन्दोलनको चाहना र मर्मअनुसार सुशासन कायम गर्नु अहिलेको सरकारको मुख्य दायित्व रहेको भन्दै उनले भने, ‘मधेस प्रदेशमा सुशासन कायम राख्नु यो सरकारको दायित्व छ।
त्यसैले हरेक सेवा पारदर्शी र छिटो छरितो हुनुपर्छ। यसलाई मूलमन्त्र सम्झेर काम गर्नुहोला।’ शुक्रबारको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका मधेस प्रदेश प्रमुख तथा प्रदेश सरकारका प्रमुख सचिवका साथै विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता थियो।

Related posts

को–अपरेटिभ म्यानेजर्स क्लब, पर्साको कार्यक्रममा २२ महिला सहित १०१ जनाले गरे रक्तदान

hamronepaldainik

अनेरास्ववियु पर्साको जिल्ला सचिवमा पवन यादव चयन

hamronepaldainik

अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने

hamronepaldainik
HamroNepalDainik