HamroNepalDainik.com
राष्ट्रियसमाचारस्थानिय

ट्राफिक प्रहरी कार्यालय पर्साको अबैध रकम असुली : जिम्मेवारीबाट पन्छिदै ट्राफिक प्रहरी निरीक्षक कार्की

पर्सा, १८ मंसिर

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन कार्कीको अबैध रकम असुली बारे एक घटनाले उजागर पारेको छ ।

नारायणी यातायात कार्यालयबाट हुने सवारी चालक अनुमती पत्र लिनको निम्ति खटिने ट्राफिक प्रहरी र सवारी चालक शाखाका कर्मचारीका साथ साथै प्रमुखको समेत मिलोमतो रहेको एक घटनाले उजागर पारेको हो । नारायणी यातायात कार्यालयको सवारी चालक शाखामा कार्यरत केही कर्मचारी, बिचौलिया र ट्राफिक प्रहरीको मिलोमतोमा व्यापक भ्रष्टाचार बढेको सूचना पाउनसाथ पत्रकारको टिम ट्रयाल सेन्टरमा पुगेको थियो ।

ट्रयाल सेन्टरको नाममा मात्र कमिसनको चलखेल हुने गरेको बिशेष सूचनाको अधारमा पत्रकारको टिम ट्रयाल सेन्टर पुगेका थिए । तर ट्रयाल सेन्टरमा खटेका ट्राफिक प्रहरी सहायक निरीक्षक तारा खत्री र केही बिचौलियाहरूले पत्रकारको केमरा खोस्ने समेत धम्की दिदै फर्काएका थिए ।

ट्रयाल सेन्टरमा केही गलत क्रियाकलाप नभएको भए पत्रकारलाई कुनैपनी सर्तमा रोक लगाउन पाइदैन तर बिचौलिया र ट्राफिक प्रहरीका कर्मचारीले पत्रकारलाइ नै रोक लगाएको देख्दा ट्रयाल सेन्टर बिचौलियाकै माध्यमले संचालनमा रहेको बारे प्रष्ट हुन्छ । यस बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन कार्कि सङ्ग बुझदा उक्त बिषयमा कुरा नगर्दै आफू भिआइपीको मिटिङ्गमा रहेको भन्दै फोन काटेका थिए ।

नारायणी यातायातमा हुने गरेको गलत क्रियाकलापको बिषयमा समाचार उजागर नगर्नको निम्ति ट्राफिक प्रहरी र कर्मचारीले पत्रकारको टिमलाइ विभिन्न किसिमको लोभ दिने गरेको एक अडियो रेकर्डबाट प्रमाणित हुन्छ । तसर्थ यस्ता क्रियाकलाप गर्ने ट्राफिक प्रहरी र यातायातका कर्मचारी माथी सम्बन्धित निकायको ध्यान पुग्न अवाश्यक देखिन्छ ।

Related posts

नारायणी अस्पतालका डाक्टरलाई हातपात गर्नेलाइ कारबाही गर्न चिकित्सक संघको माग

hamronepaldainik

सखुवा प्रसौनी गा.पा.ले कार्य सम्पादन मुल्यांकन निष्पक्ष नगरेको दाबी

hamronepaldainik

मुस्लिम समुदायसँग भेटेर राजेशमानले दिए ईदको शुभकामना

hamronepaldainik
HamroNepalDainik