HamroNepalDainik.com
समाचारस्थानिय

बिरगंज नापी कार्यालय बाट घुससहित दुई जना पक्राउ

बिरगंज । नापी कार्यालय बिरगंज पर्सामा कार्यरत सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय एक लाख रुपैयाँ घुससहित अख्तियारको नियन्त्रणमा परेका छन्।

छुट जग्गा दर्ताको नाममा सेवाग्राहीसँग विभिन्न बहाना बनाएर घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो।

मंगलबार आयोगको टोलीले वीरगंज महानगरपालिका–३, आदर्शनगर पानी ट्याङ्कीस्थित नया नापी कार्यालयबाट दुबै जनालाई सेवाग्राहीबाट लिइसकेको अवस्थामा एक लाख रुपैयाँसहित नियन्त्रणमा लिएको जनाएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार पक्राउ परेका दुवै जनामाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ र थप अनुसन्धान जारी रहेको छ।

Related posts

WORLDCUP T-20: श्रीलंकाको दोस्रो जित, साविक विजेता वेष्ट इन्डिज बाहिरियो

hamronepaldainik

पर्सामा एकैदिनमा सकियो रविको बयान, सोधियो ५४ प्रश्न

hamronepaldainik

पकहामैनपुर गाउँपालिकामा सरकारी गाडीको चरम दुरूपयोग ।

hamronepaldainik
HamroNepalDainik