HamroNepalDainik.com
समाचारस्थानिय

पर्सामा एकैदिनमा सकियो रविको बयान, सोधियो ५४ प्रश्न

२५ मंसिर, काठमाडौं । सहकारी ठगीमा संलग्न रहेको आरोपमा हिरासतमा रहेका रवि लामिछानेको पर्सामा एकैदिनमा बयान सकिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा ५३ दिनअघि पक्राउ परेका उनलाई प्रहरीले अरु चार वटा सहकारी ठगीमा अनुसन्धानको दायरामा ल्याएको थियो । त्यसक्रममा अन्यत्र उनलाई बयान लिन समय लागेको थियो ।

तर, पर्सामा एकैदिनमा बयान सकिएको छ । पर्साका जिल्ला न्यायाधीवक्ता भोलाराथ निरौलाका अनुसार, सोध्नुपर्ने प्रश्नहरू पहिल्यै भएको र मंगलबारबाटै सबै जवाफ लामिछानेले दिएका छन् । यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा पठाइएको छ ।

पर्साबाट उनलाई फेरि जिल्ला प्रहरी कार्यालय, कास्कीमा पठाइनेछ । पर्सामा सरकारी वकिलको रोहबरमा प्रहरीले लामिछानेलाई ५४ प्रश्न सोधेको थियो ।

त्यसको सुरुवात्मा परिचय खण्ड थिए भने अन्यमा मुद्दासँग सम्बन्धित विषय थिए ।

उनलाई पर्साको वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा बयान लिइएको हो । न्यायाधीवक्ता निरौलाका अनुसार, यो सहकारी ठगीको मुद्दा अहिले अदालतमा विचाराधीन छ ।

तर, अनुसन्धानका बखत खुलेको अवस्थामा थपलाई पनि मुद्दा चलाउन मिल्ने प्रावधान अनुसार लामिछाने छानबिनमा तानिएका थिए ।

यही मामिलामा जोडिएका प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पनि अहिले पर्सामा छन् । विभिन्न व्यक्तिका नाममा ऋण लिएर सहकारीको पैसा गोर्खा मिडिया नेटवर्कमा लगिएको अनुसन्धानबाट भेटिएको छ । अनियमितता भएको रकम खर्च हुँदा रवि, छवि लगायत गोर्खा मिडिया नेटवर्कमा सञ्चालक थिए ।

मुख्य आरोपी जीबी राई भने हालसम्म फरार छन् ।

प्रहरीले यसअघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पोखरा, स्वर्णलक्ष्मी सहकारी ठगीमा काठमाडौं र सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको अनियमिततामा लामिछानेको बयान लिएको थियो ।

लामिछानेलाई प्रहरीले २ कात्तिकमा बनस्थलीस्थित पार्टी कार्यालयबाटै पक्राउ गरेर पोखरा लगेको थियो ।

संगठित सहकारी ठगीको कसुरमा मात्र भए लामिछाने लगायतको अनुसन्धान प्रतिवेदन यतिबेला प्रहरीले सरकारी वकिल कहाँ बुझाइसक्नु पर्थ्यो ।

तर, अहिले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण ऐनविपरीतको कसुरमा अनुसन्धान भइरहेकाले प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने स्थिति छ । यद्यपि, पर्सामा बयान भएपछि अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिएको प्रहरी अधिकृतहरु बताउँछन् ।अनलाइन खबर

Related posts

वडाध्यक्ष कुटने सई साहमाथि कांग्रेसद्वारा कारबाहीकाे माग

hamronepaldainik

भारतलाई हराउँदै नेपाल फाइनलमा

hamronepaldainik

काँग्रेसले टिकट नदिएका रितेश जसपाबाट भारी मतान्तरले बिजयी

hamronepaldainik
HamroNepalDainik