HamroNepalDainik.com
समाचारस्थानिय

जसपा बाट बिरगंज – ११ को वडाध्यक्षमा अजय चौरसिया बिजयी

बिरगंज ८ जेठ । बिरगंज महानगरपालिका वडा नम्बर ११ मा जसपाका सम्पूर्ण पैनल बिजय भएको छ । जसपा पार्टिबाट वडा ११ बाट अध्यक्षपदमा उम्मेदवारी दिएका अजय चौरसिया  विजयी भएका छन् ।

बिरगंज महानगरपालिका वडा नम्बर ११ मा एमालेको गढ रहेको श्रीपुरमा यसपालि जसपाले आफ्नो झण्डा गाडेको हो । आज बिहान सकिएको उक्त वडाको मतगाण्नाको अन्तिम परिणाम अनुसार , उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार महेश्वरलाल महत्तोलाइ १९९ मत अन्तरले पराजित वडा अध्यक्षमा चौरसिया निर्वाचित भएका हुन् ।

चौरसियाले ९८३ मत पाउदा काँग्रेसका महत्तोले भने ७८४ मत पाएका छन् । निवर्तमान वडाअध्यक्ष एंव नेकपा एमालेका उम्मेदवार प्रधुम्न सेढाइ भने ५६१ मतका साथ तेश्रो स्थानमा सिमित हुन पुगेका छन् । २०७४ को निर्वाचनमा चौरसिया , निवर्तमान वडाअध्यक्ष सेढाइसंग १७२ मतले पराजित भएका थिए ।

पटक(पटक वडा अध्यक्ष बनेका नेकपा एमालेका उम्मेदवार प्रद्युमन प्रसाद सेढाई र कांग्रेसका उम्मेदवार महेश्वर लाल महतोलाई पराजित गर्दै यस पाली अजय चौरसिया वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

अहिले सम्म २१ ओटा वडाहरुको नतिजा आइसकेको छ र ११ ओटा वडाहरु को आउन बाखी रहेको छ । अहिले सम्म जसपाले ९ ओटा वडाहरु जितेको छ भने नेपाली काग्रेसले ७ ओटा वडाहरु जितेको छ र नेकपा एमलेले ४ ओटा र लोसपाले एउटा जितेको छ ।

Related posts

समाजसेवी सम्मी अग्रवाल सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा राष्ट्रपतिबाट विभूषित

hamronepaldainik

वीरगन्ज महानगरमा ई–रिक्साहरु व्यवस्थित नहुँदा दिनहुँ ट्राफिक जामको समस्या

hamronepaldainik

पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घट्यो

hamronepaldainik
HamroNepalDainik