HamroNepalDainik.com
समाचारस्थानिय

जसपा बाट बिरगंज – ११ को वडाध्यक्षमा अजय चौरसिया बिजयी

बिरगंज ८ जेठ । बिरगंज महानगरपालिका वडा नम्बर ११ मा जसपाका सम्पूर्ण पैनल बिजय भएको छ । जसपा पार्टिबाट वडा ११ बाट अध्यक्षपदमा उम्मेदवारी दिएका अजय चौरसिया  विजयी भएका छन् ।

बिरगंज महानगरपालिका वडा नम्बर ११ मा एमालेको गढ रहेको श्रीपुरमा यसपालि जसपाले आफ्नो झण्डा गाडेको हो । आज बिहान सकिएको उक्त वडाको मतगाण्नाको अन्तिम परिणाम अनुसार , उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार महेश्वरलाल महत्तोलाइ १९९ मत अन्तरले पराजित वडा अध्यक्षमा चौरसिया निर्वाचित भएका हुन् ।

चौरसियाले ९८३ मत पाउदा काँग्रेसका महत्तोले भने ७८४ मत पाएका छन् । निवर्तमान वडाअध्यक्ष एंव नेकपा एमालेका उम्मेदवार प्रधुम्न सेढाइ भने ५६१ मतका साथ तेश्रो स्थानमा सिमित हुन पुगेका छन् । २०७४ को निर्वाचनमा चौरसिया , निवर्तमान वडाअध्यक्ष सेढाइसंग १७२ मतले पराजित भएका थिए ।

पटक(पटक वडा अध्यक्ष बनेका नेकपा एमालेका उम्मेदवार प्रद्युमन प्रसाद सेढाई र कांग्रेसका उम्मेदवार महेश्वर लाल महतोलाई पराजित गर्दै यस पाली अजय चौरसिया वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

अहिले सम्म २१ ओटा वडाहरुको नतिजा आइसकेको छ र ११ ओटा वडाहरु को आउन बाखी रहेको छ । अहिले सम्म जसपाले ९ ओटा वडाहरु जितेको छ भने नेपाली काग्रेसले ७ ओटा वडाहरु जितेको छ र नेकपा एमलेले ४ ओटा र लोसपाले एउटा जितेको छ ।

Related posts

रवि लामिछानेको माग अस्विकार थुनामै राख्न आदेश

hamronepaldainik

आरकेएल दास एण्ड कम्पनीद्धारा शुभ दीपावली एवं छठ पर्वको शुभकामना आदान प्रदान

hamronepaldainik

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पर्साका मालपोत अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

hamronepaldainik
HamroNepalDainik