HamroNepalDainik.com
समाचारस्थानिय

“पार टि स्ट्रिट क्याफे” को उद्घाटन सम्पन्न

बिरगंज १३ मङ्सिर ,

बीरगंज महानगरपालिका वडा नम्बर ८ पानी टंकीमा युवाहरुको सक्रियतामा सोमबार देखि “पार टि स्ट्रिट” क्याफे उद्घाटन सम्पन्न भएको छ।
वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमा नै केही गरौं भन्ने उदेश्यले रु २५ लाखको लागतमा उक्त फेमली क्याफे खोलेको प्रोप्राईटर राजाबावु पंडितले बताएका छन। उनलेे सोमबार राम विवाह पञ्चमीको दिन विधि पुर्वक रोट्रि क्लब अफ बीरगज, मेट्रोपोलिस्टका प्रेसिडेन्ट रोटेरियन अनिल जैसवालले उदघाटन गरेका हुन । उनले भने विदेश जानुभन्दा यहाँ चाहेको खण्डमा जे पनि गर्ने सकिन्छ भन्ने उदाहरण यी युवाहरूले गरेर देखाएको बताए ।

नेपालमा धेरै अवसर छ तर गर्ने इच्छा हुनुपर्छ भनेर जैसवालले बताएका छन । उदघाटन समारोहमा रोटेक्टर रवि प्रकाश पंडित,अभिषेक सरार्फ,सौरभ बर्णवाल,पीयूष दारुक,नितेश कण्ठ ,आतिश शर्मा ,धिरज चौधरी लगायतको उपस्थित रहेको थियो ।

Related posts

रामजानकी प्रा.वि भेडिहारीकाे विद्यालय व्यवस्थापन समिति गठन अध्यक्षमा : हरिकिसोर पासवान

hamronepaldainik

विभिन्न माग सहित संयुक्त किसान संघर्ष समिति पर्साद्धारा धर्ना

hamronepaldainik

कालिकामाई ३ मा एकै दिन स्केब कल्भर्ट र स्वास्थ्य चाैकी भवनकाे शिलान्यास

hamronepaldainik
HamroNepalDainik