HamroNepalDainik.com
समाचार

सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा अब बुधबार सुनुवाइ हुने

८ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले निरन्तर सुनुवाइ गर्ने भएको छ । आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ ।

सोमबार र मंगलबार सार्वजनिक विदा भएका हुनाले बुधबार उक्त मुद्दा न्यायाधीश ढकालकै इजलासमा सुनुवाइ हुनेछ ।

आइतबारदेखि जिल्ला अदालतको बन्द इजलासमा मुद्दाको सुनुवाइ भएको हो ।

आइतबार किशोरीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीले बहस गरेका थिए । बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको स्रेस्तेदार रामु शर्माले जानकारी दिए । साभार अनलाईन खबर

Related posts

महामारीमा बालबालिकाको नियमित खोप छुट्यो, मृत्यु र अपांग हुने दर बढ्ने चेतावनी

hamronepaldainik

बिधुत प्राधिकरण वीरगंज बितरण केन्द्रको लापरवाहीले सेवाग्राही मर्कामा

hamronepaldainik

वैदेशिक रोजगारको ठगी मुद्दा जिल्लामै मिलाउन कार्यविधि

hamronepaldainik
HamroNepalDainik