HamroNepalDainik.com
समाचारस्थानिय

गृहमन्त्रीको साथी हुँ भन्दै धम्की दिने एक पक्राउ

२८ वैशाख, काठमाडौं । गृहमन्त्रीको साथी भन्दै धाक, धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनले विभिन्न कार्यालयका सरकारी कर्मचारीहरूलाई टेलिफोनमार्फत् धाकधम्की दिएको आरोपमा प्रहरीले काभ्रेको बनेपाबाट ५० वर्षीय राज कुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

बनेपा नगरपालिका–३ बस्ने श्रेष्ठलाई शनिबार साँझ पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान, कार्यालय टेकुका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए ।

उनीविरुद्ध मुलुकी अपराध संहिताको परिच्छेद २ को दफा ८५ बमोजिम राष्ट्रसेवक कर्मचारीलाई काम काजमा बाधा बिरोध गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ । अनलाईन खबर

Related posts

वीरगन्ज २० को सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु हुने पहिलो निर्णय गरियो

hamronepaldainik

कर्फ्यूका कारण आजको रात्रि बजार स्थगित, भोलिको परिस्थिति बमोजिम निर्णय लिइने

hamronepaldainik

थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्‍यु

hamronepaldainik
HamroNepalDainik