HamroNepalDainik.com
समाचारस्थानिय

वीरगन्ज २० को सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु हुने पहिलो निर्णय गरियो

वीरगन्ज,१३ जेठ /
वीरगन्ज महानगरपालिका वडा नम्बर २० का नवनिर्वाचित वडाअध्यक्ष रामकिशोर सिंह (पराग)ले कार्यभार सम्हालेका छन ।
बिहिबार वीरगन्जको पुरानो बसपार्कमा आयोजित पद तथा गोपनीयताको शपथग्रहणपछि सिंहले आज कार्यभार सम्हालेका हुन ।
वडाअध्यक्ष सिंहले श्री नेपाल रास्ट्रिय आधारभूत बिधालय अपौनी र श्री निरन्जन शाह कलवार आधरभुत बिधालय हरपतगन्जमा अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गराउने पहिलो निर्णय गरेका छन ।
वडावासीले बोकाएको ठुलो जिम्मेवारी पूरा गर्नु नै ठूलो काम भएको उनले बताए । उनले वडाका कर्मचारीहरूलाई वडावासीको काममा लाग्न निर्देशन दिए । यस्तै पुर्व वडाअध्यक्ष पारस यादवलाई सम्मान पत्र प्रदान गर्दै विदाई गरीएको छ ।
बैठकमा वडा सदस्यहरु प्रधुमन यादव ,अफरोज अंसारी ,संगीता देवि ,सरदा देवी , वडा सचिव ओमप्रकाश यादव , सहायक वडा सचिव सुर्यकान्त झा लगायत सहभागी थिए ।

Related posts

पर्सा जिल्लाको मूल साझा समस्या समाधान गर्ने उम्मेदवारलाई मात्र मतदान गर्न अधिवक्ता प्रमोदको अनुरोध

hamronepaldainik

सामान्य प्रशासनमा सचिवको छड्के, कारबाहीमा परे १०३ जना कर्मचारी

hamronepaldainik

कर्मचारी संगठन पर्साको भवन कब्जा गर्ने प्रयास बिफल

hamronepaldainik
HamroNepalDainik