वीरगंज, ६ कार्तिक ।
नेपाल निजामती कर्मचारी संगठन पर्साकाे भवन कब्जा गर्ने र संगठन फुटाउने नेकपा एमाले पर्साका नेताहरुकाे प्रयास विफल भएकाे छ । नेकपा एमाले निकट कर्मचारीहरुले वीरगंजस्थित जिल्ला समन्वय समिति पर्सा नजिक रहेकाे संगठनकाे भवन याेजनाबद्ध तरिकाले कब्जा गर्न शनिबार विहान पुगेका थिए ।
संगठनकाे भवन कब्जा गर्ने याेजना बारे निजामती कर्मचारी संगठनका पदाधिकारीहरु थाहा पाएपछि प्रतिकार गर्न उनीहरु समेत पुगेका थिए । एमाले निकटका कर्मचारीहरुले संगठनकाे भवनमा आफु निकट कर्मचारीहरु भेला गर्ने बहानामा कब्जा गर्न खाजे पनि संगठनका पदाधिकारी र कर्मचारीहरुले नदिएपछि उनीहरु त्यहाँबाट फर्केर वीरगंज घण्टाघर नजिक रहेकाे राेयल पार्टी प्यालेसमा पुगेर भेला गरेका थिए ।
संगठन कै एमाले निकटका केही कर्मचारीहरुले केही अराजक व्यक्तिकहरुकाे सहयाेगमा संगठनकाे भवन कब्जा गर्न फुटाउन खाेजे पनि उनीहरुकाे प्रयास संगठनका कर्मचारीहरु विफल पारेका हुन् । पर्सामा कर्मचारी संगठन एक ढिक्का भएपनि फुटाउन नेकपा एमाले निकट कर्मचारी संगठनका केन्द्रिय सह संयाेजक लेखनाथ काेइराला, नाैतम पाेखरेल लगायतका नेताहरु पर्साकाे वीरगंज पुगेका थिए ।
संगठनकाे भवन कब्जा गर्न र संगठन फुटाउन प्रयासमा नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हाजरा, प्रदेश सदस्य बसरुदिन अन्सारी, प्रधुमन चाैहान, वीरगंज महानगर सचिव सुन्दर कुर्मीकाे लगायतका नेताहरु समेत लागे पनि प्रयास विफल भएकाे हाे । संगठनकाे भवन एक बर्ष अगाडी मात्र नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरी, संगठनका नेता सुबादार यादव लगायतकाे सक्रियतामा निर्माण भएकाे थियाे । भवनकाे उद्घाट पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गरेका थिए ।