HamroNepalDainik.com
समाचारस्थानिय

कर्मचारी संगठन पर्साको भवन कब्जा गर्ने प्रयास बिफल

वीरगंज, ६ कार्तिक ।

नेपाल निजामती कर्मचारी संगठन पर्साकाे भवन कब्जा गर्ने र संगठन फुटाउने नेकपा एमाले पर्साका नेताहरुकाे प्रयास विफल भएकाे छ । नेकपा एमाले निकट कर्मचारीहरुले वीरगंजस्थित जिल्ला समन्वय समिति पर्सा नजिक रहेकाे संगठनकाे भवन याेजनाबद्ध तरिकाले कब्जा गर्न शनिबार विहान पुगेका थिए ।

संगठनकाे भवन कब्जा गर्ने याेजना बारे निजामती कर्मचारी संगठनका पदाधिकारीहरु थाहा पाएपछि प्रतिकार गर्न उनीहरु समेत पुगेका थिए । एमाले निकटका कर्मचारीहरुले संगठनकाे भवनमा आफु निकट कर्मचारीहरु भेला गर्ने बहानामा कब्जा गर्न खाजे पनि संगठनका पदाधिकारी र कर्मचारीहरुले नदिएपछि उनीहरु त्यहाँबाट फर्केर वीरगंज घण्टाघर नजिक रहेकाे राेयल पार्टी प्यालेसमा पुगेर भेला गरेका थिए ।

संगठन कै एमाले निकटका केही कर्मचारीहरुले केही अराजक व्यक्तिकहरुकाे सहयाेगमा संगठनकाे भवन कब्जा गर्न फुटाउन खाेजे पनि उनीहरुकाे प्रयास संगठनका कर्मचारीहरु विफल पारेका हुन् । पर्सामा कर्मचारी संगठन एक ढिक्का भएपनि फुटाउन नेकपा एमाले निकट कर्मचारी संगठनका केन्द्रिय सह संयाेजक लेखनाथ काेइराला, नाैतम पाेखरेल लगायतका नेताहरु पर्साकाे वीरगंज पुगेका थिए ।

संगठनकाे भवन कब्जा गर्न र संगठन फुटाउन प्रयासमा नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हाजरा, प्रदेश सदस्य बसरुदिन अन्सारी, प्रधुमन चाैहान, वीरगंज महानगर सचिव सुन्दर कुर्मीकाे लगायतका नेताहरु समेत लागे पनि प्रयास विफल भएकाे हाे । संगठनकाे भवन एक बर्ष अगाडी मात्र नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरी, संगठनका नेता सुबादार यादव लगायतकाे सक्रियतामा निर्माण भएकाे थियाे । भवनकाे उद्घाट पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गरेका थिए ।

Related posts

ठाउँठाउँमा टंकी राखेर खानेपानीको प्रबन्ध मिलाउँदै वीरगञ्ज महानगरपालिका

hamronepaldainik

‘जन्मदिनलाई सत्कर्ममा जोडौंं’ अभियानमा ऐक्यवद्धता जनाउदै डा. चौधरीले गरिन बृहत वृक्षारोपण

hamronepaldainik

मापदण्ड विपरीत सामान बिक्री गर्ने ७६ व्यावसायिक फार्म कारबाहीमा

hamronepaldainik
HamroNepalDainik