HamroNepalDainik.com
समाचारस्थानिय

पाेखरिया अस्पतालमा जटिल समस्याबाट ग्रसित बिरामीहरुलाई नि:शुल्क उपचार गर्न छलफल

२८ जेठ, वीरगंज

पर्साको पोखरिया अस्पतालमा मेडिसिटी अस्पताल काठमांडौको सहकार्यमा विभिन्न जटिल समस्याबाट ग्रसित बिरामीहरुको नि:शुल्क उपचार गरिने सम्बन्धमा साेमबार छलफल भएकाे छ । पोखरिया अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष तथा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहान, पोखरिया अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल यादव र मेडिसिटी अस्पताल काठमांडौको निर्देशक विजय रिमालसंग पोखरिया अस्पतालमै बसी छलफल भएकाे हाे ।

छलफलमा मेडिसिटी अस्पताल निर्देशक रिमालले गाउँमा स्क्रीनिंग गरेका बिरामीको पैसाको अभावमा अल्प आयुमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई सहजीकरण गरी पोखरिया अस्पताल मै जटिल भन्दा जटिल समस्याबाट ग्रसित बिरामीको नि:शुल्क उपचार गर्न आफुहरु तयार रहेकाे वताए ।

पोखरिया अस्पतालको सभा हलमा भयको छलफलमा नेपाल मेडिसिटी बयोधा अस्पताल बीरगंजका प्रशासन प्रमुख विष्णु पटेल, डा विश्वनाथ कण्ठ, भुवन आलम, वडा नम्बर ४ का वडाध्यक्ष लक्षमण साह कानू, पोखरिया अस्पतालका प्रशासन शाखाका लक्ष्मी प्रसाद चौहान, बृजेश द्विवेदी लगायत्तका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Related posts

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा दवारा र्याली तथा कोण सभा सम्पन्न

hamronepaldainik

गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

hamronepaldainik

वीरगञ्जमा राजेशमान प्रतिको जनलहर बढ्दै

hamronepaldainik
HamroNepalDainik