HamroNepalDainik.com
समाचारस्थानिय

पाेखरिया अस्पतालमा जटिल समस्याबाट ग्रसित बिरामीहरुलाई नि:शुल्क उपचार गर्न छलफल

२८ जेठ, वीरगंज

पर्साको पोखरिया अस्पतालमा मेडिसिटी अस्पताल काठमांडौको सहकार्यमा विभिन्न जटिल समस्याबाट ग्रसित बिरामीहरुको नि:शुल्क उपचार गरिने सम्बन्धमा साेमबार छलफल भएकाे छ । पोखरिया अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष तथा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहान, पोखरिया अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल यादव र मेडिसिटी अस्पताल काठमांडौको निर्देशक विजय रिमालसंग पोखरिया अस्पतालमै बसी छलफल भएकाे हाे ।

छलफलमा मेडिसिटी अस्पताल निर्देशक रिमालले गाउँमा स्क्रीनिंग गरेका बिरामीको पैसाको अभावमा अल्प आयुमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई सहजीकरण गरी पोखरिया अस्पताल मै जटिल भन्दा जटिल समस्याबाट ग्रसित बिरामीको नि:शुल्क उपचार गर्न आफुहरु तयार रहेकाे वताए ।

पोखरिया अस्पतालको सभा हलमा भयको छलफलमा नेपाल मेडिसिटी बयोधा अस्पताल बीरगंजका प्रशासन प्रमुख विष्णु पटेल, डा विश्वनाथ कण्ठ, भुवन आलम, वडा नम्बर ४ का वडाध्यक्ष लक्षमण साह कानू, पोखरिया अस्पतालका प्रशासन शाखाका लक्ष्मी प्रसाद चौहान, बृजेश द्विवेदी लगायत्तका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Related posts

राप्रपाका केन्द्रिय सदस्य पासवान सहित सयौं नेता लोसपामा प्रबेश

hamronepaldainik

नेपाल कमर्शियल आर्टिष्ट संघ पर्साद्धारा खुल्ला आर्ट प्रतियोगिता, रविराज प्रथम

hamronepaldainik

प्रेस युनियन पर्साद्धारा पत्रकार गिरी माथि आक्रमण गर्ने दोषीलाई कारवाहीको माग

hamronepaldainik
HamroNepalDainik