HamroNepalDainik.com
समाचार

सामान्य प्रशासनमा सचिवको छड्के, कारबाहीमा परे १०३ जना कर्मचारी

३० जेठ, काठमाडौं । कार्यालय समयमा उपस्थित नभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १०३ जना कर्मचारी कारबाहीमा परेका छन् ।

मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले सोमबार मन्त्रालयमा छड्के जाँच गरेका थिए । सोही क्रममा बिहान सवा १० बजेसम्म पनि कार्यालय उपस्थित नभएका कर्मचारी कारबाहीमा परेका हुन् । कारबाहीमा परेका कर्मचारीहरुको सोमबारको हाजिरीमा रातो लगाइएको छ । सचिव  पुस्करले ती कर्मचारीहरुको हाजिरीमा रातो लगाएका हुन् । कारबाहीमा पर्नेमा सहसचिव १ जना र उपसचिव २३ जना छन् । त्यसैगरी ३६ जना शाखा अधिकृत र ४१ जना नासु तथा सहायकस्तरका कर्मचारी कारबाहीमा परेका हुन् । मन्त्रालयका अनुसार १० बजेर १५ मिनेटसम्म कार्यालय नआउने कर्मचारीको हाजिरीमा रातो लगाइएको हो । मन्त्रालयको अतिरिक्त समूहमा रहेका १८ जना उपसचिवहरुको सरुवा भएको छ ।
अतिरिक्तमा रहेका १८ जना उपसचिवहरुमध्ये ५ जनाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । बाँकी सबैको विभिन्न जिल्ला समन्वय समितिमा सरुवा भएको छ । अनलाई खबर

Related posts

ठाउँठाउँमा टंकी राखेर खानेपानीको प्रबन्ध मिलाउँदै वीरगञ्ज महानगरपालिका

hamronepaldainik

श्री नेपाल स्काउट निमाविमा अध्यनरत्त विद्यार्थीहरुलाई स्विटर र जुत्ता वितरण

hamronepaldainik

प्लान स्टार सानो संसारद्धारा सञ्चालित साबुन बनाउने तालिम सम्पन्न

hamronepaldainik
HamroNepalDainik