HamroNepalDainik.com
समाचार

थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्‍यु

१ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५५८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण देखिएको हो ।

१३५१ जना संक्रमणमुक्त भएका छन् । देशभरमा २५ हजार ४९७ सक्रिय संक्रमित छन् ।

उनीहरुमध्ये ११७ जनाको भेन्छिलेटरमा, ३८६ जनाको आईसीयूमा उपचार भइरहेको छ । १५४७ जना संस्थागत आइसोलेनमा र २३ हजार ९५० जना होम आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८३ हजार ७५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार १२ पुगेको छ भने ७ लाख ४६ हजार ५६६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका ३१ बालबालिकामा कोरोना संक्रमण पुष्छ भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९३ जनामा कोरोना संक्रमण देखिएको छ ।

कुन जिल्लामा कति थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २७४, कास्कीमा ११९, मोरङमा १०४, झापामा ८९, ललितपुरमा ७०, सुनसरीमा ६७, रुपन्देहीमा ५४, भक्तपुरमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै चितवनमा ४५, मकवानपुरमा २५, सुर्खेतमा १८, तनहुँमा १४ तथा धनकुटा र सिरहामा १०/१० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Related posts

प्रदेशसभा सदस्य : पर्सामा सत्ता गठबन्धन ५ , जसपा एमाले गठबन्धन २ तथा स्वतन्त्रले १ सिट हात पारे

hamronepaldainik

कृष्ण जन्माष्टमीको अवसरमा वीरगंजमा भव्य शोभायात्रा

hamronepaldainik

सुरजी देवी मा.वि.का ४ जना शिक्षक कारबाहिमा

hamronepaldainik
HamroNepalDainik