HamroNepalDainik.com
खेलकुदसमाचार

प्याब्सन इन्टर स्कूल टी–२० क्रिकेट : गोल्डेन फ्यूचर, बिकन र मास्कट विजयी

वीरगंज । नारायणी क्रिकेट मैदानमा जारी नेपाल मेडिसिटी प्याब्सन इन्टर स्कूल टी–२० नकआउट क्रिकेट प्रतियोगितामा आइतबार तीन खेल सम्पन्न भएका छन् । आइतवार भएका खेलमा गोल्डेन फ्यूचर, बिकन स्कुल र मास्कट एकेडेमी विजयी भएका छन् ।

पहिलो खेलमा माउन्ट मकालु र गोल्डेन फ्यूचरबीच प्रतिस्पर्धा भएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको माउन्ट मकालु १४.५ ओभरमै सबै विकेट गुमाएर ७४ रनमै समेटियो । ७५ रनको लक्ष्य गोल्डेन फ्यूचरले १३.२ ओभरमै ६ विकेटको क्षतिमा पूरा ग-यो । यस खेलमा निरञ्जन यादव ’प्लेयर अफ दी म्याच’ घोषित भए ।

दोस्रो खेलमा बिकन स्कुल १६ रनले विजयी भएको छ । टस जितेर पहिला ब्याटिङ गरेको बिकन स्कुलले १५ ओभरमा ७ विकेट गुमाउँदै १०७ रन बनायो । १०८ रनको लक्ष्य पछ्याएको लिटिल फ्लावर १५ ओभरमा ७ विकेट गुमाउँदै ९१ रनमै सीमित भयो । बिकनका नौसाद मियाँ उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ दी म्याच’ घोषित भए ।

तेस्रो खेल मास्कट एकेडेमी र गुरुकुल एकेडेमीबीच भयो । टस जितेर पहिला ब्याटिङ गरेको मास्कट एकेडेमीले १५ ओभरमा ५ विकेट गुमाएर ११७ रन बनायो । ११८ रनको लक्ष्य पछ्याएको गुरुकुल एकेडेमी १३.५ ओभरमै ४९ रनमै अलआउट भयो । मास्कटका रोहित कुमार महतो ‘प्लेयर अफ दी म्याच’ घोषित भए ।

प्रतियोगिताका प्लेयर अफ दी म्याचलाई नगदसहित पुरस्कृत गरिएको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए ।

Related posts

नेपाललाई श्रीलंकासँग तुलना गर्ने अवस्था आएको भन्दै अध्यक्ष डा. गुप्ताद्वारा चिन्ता

hamronepaldainik

नेकपा एकीकृत( समाजबादी )को उमेदवारहरुको प्रचार अभियान तिब्र

hamronepaldainik

बिधालय ब्यवस्थापन समिति गठन बारे संवाद कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik