HamroNepalDainik.com
उधोगसमाचार

नेपाललाई श्रीलंकासँग तुलना गर्ने अवस्था आएको भन्दै अध्यक्ष डा. गुप्ताद्वारा चिन्ता

वीरगन्ज (पर्सा), १८ असार / वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले नेपाललाई श्रीलङ्कासँग तुलना गर्नुपर्ने अवस्था आइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । देशमा कच्चा पदार्थको अभाव हुनुका साथै आयात रोकिएको अवस्थामा देशको अर्थतन्त्र खस्किदै गएको डा. गुप्ताको भनाई छ । नेपाल चार्टड एकाउन्टेन्ट संस्था वीरगञ्जले आयोजना गरेको प्रादेशिक तथा स्थानीय बजेट सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. गुप्ताले देशमा भित्रिने रेमिट्यान्सलाई एउटै वैद्य बाटो बनाउनुपर्नेमा जोड दिए । अधिकांश विदेशी डलर अवैध रुपमा भित्रिँदा यसले पनि राष्ट्रलाई ठूलो क्षति भइरहेको उनको बुझाई छ ।
स्थानीय एवम् मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएका बजेटमा केही नयाँपन भएपनि अधिकांश योजना पूरानै दोहोरिएकोमा आपत्ति जनाए । बजेट एवम् नीति तथा कार्यक्रममा हरेक वर्ष एउटै कुरा दोहोरिने तर पूरा नहुने परिपाटीको अन्त्य गर्नुपर्ने डा. गुप्ताको सुझाव छ । बजेट हरेक वर्ष आएपनि कार्यन्वयन नहुँदा फ्रिज भएर जाने गरेको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका डा. गुप्ताले उत्पादनमुखी बजेट भएमात्र देश समृद्ध बन्न सक्ने धारणा राखे । गास, बास कपास जस्ता जनताका आधारभुत आवश्यक्तालाई परिपुर्ती गर्ने किसिमका योजना ल्याएर रोजगारमा बृद्धि गरी स्वदेशमै उपलब्ध स्रोत साधन एवम् जनशक्तिको भरपुर मात्रामा परिचालन र उपभोग गर्न सके आर्थिक तरलताको समस्या क्षणभरमै समाधान हुने डा. गुप्ताको बिश्वास छ ।
नेपाल चार्टड एकाउन्टेट वीरगञ्जका बरिष्ठ सिए अरबिन्द खेतानको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगञ्जका प्रमुख राजन भट्टराई, वीरगञ्ज महानगरपालिकाका आन्तरिक लेखापाल हरिशंकर प्रसाद कुर्मी, कोष तथा लेखा नियन्त्रण कार्यालय बाराका आयुष कुमार साह, प्रसौनी गाउँपालिका बाराका लेखा अधिकृत प्रेम बाबु प्रसाद लगायतको सहभागिता रहेको थियो ।

Related posts

दिदी बहीनी दुबै जनाले एकैपटक लोक सेवामा नाम निकाल्न सफल

hamronepaldainik

कार्यपालिका निर्वाचनमा एमालेले ६ सदस्य जित्दा जसपाका अस्लम आलम पनि विजयी

hamronepaldainik

बीपी प्रतिष्ठानमा आइतबारदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने संघर्ष समितिको चेतावनी

hamronepaldainik
HamroNepalDainik