HamroNepalDainik.com
समाचार

ईटियाहीमा निःशुल्क आँखा परिक्षण तथा परामर्श शिविर

वीरगंज १९ भदौ ।
पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ३ ईटियाही टोलमा एक दिने निःशुल्क आँखा परिक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ ।
श्री हनुमान मन्दिर विकास समिति विन्दवासिनी गा.पा.–३ ईटियाहिको आयोजना तथा नारायणी आई केयर बिर्ता वीरगंजको प्राविधिक सहयोगमा भएको शिविरबाट २०७ जना लाभान्वित भएको आयोजक संस्थाले जनाएको छ ।
ईटियाहीको श्री कामाख्यामाई बचत तथा ऋण सहकारी संस्थाको प्राङ्गणमा भएको शिविरमा जय पोलिक्लिनिक नारायणी आई केयर वीरगंजका नेत्र रोग विशेषज्ञ एवं नारायणी अस्पतालका आँखा विभागका प्रमुख डा. बि.डि चौरसिया, दृष्टि विशेषज्ञ प्रभात चौरसिया, राजेश यादव लगायतको टिमले आँखा परिक्षण गरेका थिए ।
आँखा परिक्षणको क्रममा आँखाका रोगीहरुलाई निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो । आँखाको नजदिकी तथा दुरीका समस्या भएका १०० जना बिरामीहरुलाई निःशुल्क रुपमा चश्मा समेत वितरण गरिएको कार्यक्रमका व्यवस्थापक मुकेश चौरसियाले जानकारी दिए ।
शिविरको मिडिया पार्टनर भोजपुरी टाइम्स दैनिकका प्रकाशक अजय कुमार चौरसिया, मिरमिरे अनलाईनका दिपक चौरसिया र हाम्रो नेपाल दैनिकका रामेश्वर चौरसिया लगायत स्थानिय समाजसेवी, बुद्धिजिवि लगायतको सहभागीता रहेको थियो ।

Related posts

लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ ः महामन्त्री थापा

hamronepaldainik

महानगर प्रमुख सिंहले गरे स्वास्थ्य चौकीको शिलान्यास

hamronepaldainik

सरकार महिला सशक्तिकरणकालागि ठोस कार्यक्रमका साथ अघि बढ्छ : मन्त्रि यादव

hamronepaldainik
HamroNepalDainik