HamroNepalDainik.com
राजनीतिसमाचार

देउवाको कारबाहीपछि गगन थापा- ‘हामी नै आधिकारिक कांग्रेस हो, रूख र चारतारे झन्डा हामीसँग छ’

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले नेतत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको बताएका छन् ।

देउवा समूहको केन्द्रीय समितिको बैठकले उनी र अर्का महामन्त्री विश्वप्रकाश शर्मा सहितलाई पाँच वर्षका लागि निष्काशनको निर्णय गरेलगत्तै थापाले पार्टीको आधिकारिक नै विशेष महाधिवेशन पक्षधर रहेको बताएका हुन् ।

‘हामीले सभापतिले छोडे हुन्छ भनेका हौं । असोज २८ गते केन्द्रीय समितिको बैठकमा उहाँले सम्बोधन गरेर कार्यवाहक दिएर जाँदा सम्मान गरेकै हो नि’ गगनले भने, ‘अब हामी अल्मलिनुपर्ने अवस्था रहेन । विशेष महाधिवेशनको मनोनयनको काम सकियो । नामावलीहरू सार्वजनिक हुँदैछ । संवादका लागि प्रयास भएका थिए सफल भएनन् ।’

अब कांग्रेसको आधिकारिकता को ? भन्ने प्रश्नमा थापाले थपे, ‘यहाँ विधिवत् र विधानसम्मत नेतृत्व चयन हुँदैछ । यही नै कांग्रेस हो ।’

विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे आजै निर्वाचन आयोगमा जानकारी दिने पनि थापाको भनाइ छ ।

‘आज निर्वाचन प्रक्रिया सकिएसँगै आयोगलाई जानकारी गराउँछौं’ उनले भने, ‘पार्टीको चुनाव चिह्न रूख, चारतारे झन्डा हामीसँगै छ । अर्को कुरा कांग्रेस नै हामी हौँ ।’

देउवासँग अन्तिम संवाद हुँदा के कुरा भयो भन्ने प्रश्नमा उनले वैशाखमा स्वत: अलग हुन्छु अहिले किन म निष्क्रिय हुने भन्ने जवाफ दिएको थापाले बताए ।

त्यस्तै उनलाई वैशाखसम्म किन कुर्न नसक्नुभएको त ? भन्ने प्रश्नको उत्तर दिंदै भने, ‘पर्खिन नसक्ने अवस्था भयो । पर्खिन हाम्ले नसकेको हैन । देश, समाज र कार्यकर्ताले कुर्न सकेनन् । उहाँहरूलाई स्वीकारिरहन सकेको भए भदौ २३ को घटना हुने नै थिएन अनलाईन खबर

Related posts

बिरगंजको नारायणी अस्पतालमा अब देखी २२ वटा डाइलेसिस मेशिन सुचारु

hamronepaldainik

आइपीएल खेलमा अनलाइन मार्फत सट्टाबाजी गर्ने चारजना वीरगञ्जबाट पक्राउ

hamronepaldainik

१३ लाख नगद सहित जगरनाथपुरका रवि पटेल पक्राउ

hamronepaldainik
HamroNepalDainik