HamroNepalDainik.com
समाचारस्थानिय

नेकपा एकीकृत( समाजबादी )को उमेदवारहरुको प्रचार अभियान तिब्र

नेकपा एकीकृत( समाजबादी )का उमेदवारहरुले आफ्नो प्रचार अभियानलाई तिब्र बनएका छ्न ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई मध्यनजर गरि सो पार्टीका विभिन्न तहका उमेदवारहरुले मोटर साइकल रैली , घरदैलो र रात्रीसभा गरेका छ्न ।

कलम चिन्हमा मतदान गर्न आग्रह गर्दै पकहामैनपुरका प्रमुखका उमेदवार मदन हजरा र उपप्रमुखका उमेदवार नेजमा खातुनले मोटर साइकल रैली निकालेका थिए ।

नेकपा एकीकृत समाजबादिका सम्पर्क कार्यालय पकहा बाट निसकेको रैली सम्पुर्ण पालिका परिक्रमा गरि पुनः सम्पर्क कार्यालय पुगि समापन भएको थियो ।

त्यस्तै बिरगंज महानगरपालिकाको वार्ड न . ०१ का वार्ड अध्यक्षका उमेदवार बिरेद्र कन्ठले कलम चिन्हमा मतदान गर्न आग्रह गर्दै घरदैलो गरेका छ्न ।

त्यस्तै बिरगंज वार्ड न . २६ का वार्ड अध्यक्षका उमेदवार हिरा अन्सारीले पनि घरदैलो गरि आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छ्न ।

त्यस्तै बिरगंज वार्ड न. १७ का अध्यक्षका उमेदवार रमेश चौधरीले रात्री सभाको आयोजना गरि आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छ्न । जसमा पार्टीको बिरगंज महानगर अध्यक्ष मनोज चौधरी , सचीव बृजलाल पासवानले मन्तब्य व्यक्त गरेका थिए ।

Related posts

बन्धक शिशुलाई उद्धार गर्न जाँदा डीएसपीमाथि छुरा प्रहार

hamronepaldainik

भारतको ओडिशामा रेल दुर्घटनाः २०० भन्दा बढीको मृत्यु, ९०० घाइते

hamronepaldainik

लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ

hamronepaldainik
HamroNepalDainik