HamroNepalDainik.com
अन्तराष्ट्रियसमाचार

भारतको ओडिशामा रेल दुर्घटनाः २०० भन्दा बढीको मृत्यु, ९०० घाइते

भारतको ओडिशा राज्यमा रेल दुर्घटना हुँदा २०० भन्दा बढीको मृत्यु भएको छ। शुक्रबार साँझ ७ बजेतिर भएको दुर्घटनामा ९०० जना भन्दा धेरै घाइते भएको भारतीय संचारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।

ओडिशाको बालासोर जिल्लाको बहानागा स्टेशनमा कोरोमण्डेल, बेंगलुरु-हावडा एक्सप्रेस रेल लिकबाट खसेको हो। रेल अर्को मालबाहक रेलमा ठोक्किएपछि २०० भन्दा बढीको मृत्यु भएको छ। भने करिब ९०० जना घाइते भएका छन्।

सुपरफास्ट ट्रेनको डब्बा पल्टिँदा धेरै यात्रु फसेका छन्। उद्धार कार्य अहिले पनि जारी छ।  रेलको डब्बामा धेरै चेपिएकोले हाताहाती संख्या बढ्न सक्ने बताइएको छ। साभार नागरिक न्यूज

Related posts

मधेस प्रदेशमा घट्दैछ विद्युत् चुहावट

hamronepaldainik

किशन सर्राफको अध्यक्षतामा वीरगञ्ज सामाजिक संस्था महासंघ गठन

hamronepaldainik

सर्वोच्च अदालतमा वीरगंजको मेनरोड विस्तार मुद्धाको पेशी फेरि सर्यो

hamronepaldainik
HamroNepalDainik