HamroNepalDainik.com
समाचार

किशन सर्राफको अध्यक्षतामा वीरगञ्ज सामाजिक संस्था महासंघ गठन

वीरगञ्ज ।  वीरगञ्जमा रहेका सामाजिक संघ संस्थाहरुको प्रतिनीधिबाट वीरगञ्ज सामाजिक संस्था महासंघ गठन गरिएको छ । विभिन्न संघ संस्थाका प्रतिनीधिहरुको उपस्थितीमा शनिवार वीरगञ्ज पब्लिक कलेजको सभा कक्षमा भएको भेलाले किशन सर्राफको अध्यक्षतामा महासंघ गठन गरेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा सानु गुप्ता र खुशी रौनियार, सचिवमा बिकी सर्राफ, सहसचिवमा आदर्श ठाकुर, कोषाध्यक्षमा राज शाह र सहकोषाध्यक्षमा ऋषु वर्मा चयन भएका छन् ।

यस्तै महासंघको प्रशासन प्रमुखको जिम्मेवारी ओम कुमार झालाई दिइएको छ । सिद्धार्थ गुप्ताले संयोजकको भूमिका निर्वाह गर्नेछन् भने विवेक झालाई प्रवक्ता तोकिएको छ । सहसंयोजक सुजल ठाकुर रहनेछन् भने सदस्य संयोजकमा नीतीश वर्णवाल, कार्यक्रम संयोजकमा बिकी गुप्ता चयन भएका छन् ।

संस्थापक तथा मानार्थ समितिको प्रमुखमा ओशन गुप्ता चयन भएका छन् । संस्थापक तथा मानार्थ समिति सदस्यमा किशन सर्राफ, बिकी सर्राफ, सानु गुप्ता, आयुष गुप्ता, रणधीर बर्णवाल र मधुरंजन शाह रहेका छन् ।

आयुष गुप्ता र आकाश दासलाई सूचना तथा प्रविधि विभागको जिम्मेवारी दिइएको छ । वीरगञ्जमा रहेका विभिन्न १२ वटा सामाजिक संघ संस्थाका प्रतिनीधिहरुबाट वीरगञ्ज सामाजिक संस्था महासंघ गठन गरिएको हो ।

Related posts

अपहरण तथा शरीर बन्धक कसुर मुद्दाका फरार प्रतिवादी सहनी पक्राउ

hamronepaldainik

कानु अतिथि सदन पर्साको बैठक सम्पन्न

hamronepaldainik

न्यायमा बाह्य पहुँच कार्यक्रम अन्तर्गत बिन्दबासिनी गाउँपालिकामा न्यायिक संवाद

hamronepaldainik
HamroNepalDainik