HamroNepalDainik.com
समाचारसमाज

कानु अतिथि सदन पर्साको बैठक सम्पन्न

६ असोज, वीरगञ्ज ।  कानु अतिथि सदन पर्साको पर्साको बैठक आज वीरगञ्ज को लक्ष्मी नारायण पार्टी प्यालेसको सभा हलमा सम्पन्न भएको छ । बैठक कानु अतिथी सदन पर्साका अध्यक्ष नरेश कुमार साहको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा बिभिन्न बिषयहरुमा छलफल गर्दै कानु अतिथी सदनको नामले धर्मशाला निर्माण गर्ने सर्वसहमतले निर्णय गरिएको छ ।

कार्यक्रममा नारायणी होस्पिटलका मेसु डा. चितरजन साह, आशिर्वाद होस्पिटल कलैयाका संचालक एवम् स्त्री रोग विशेषज्ञ राजेश साह, नेकपा एमालेका नेता शम्भु गुप्ता, वीरगञ्ज महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत साह कानु, कानु समाज नेपालका उपाध्यक्ष सोनालाल गुप्ता, कोषाध्यक्ष ओमप्रकाश साह कानु, डा. मनोज गुप्ता , सिए गोबिन्द गुप्ता कानु, अतिथि सदनका उपाध्यक्ष श्रवण प्रसाद साह, श्याम प्रसाद गुप्ता, कोषाध्यक्ष संजय प्रसाद गुप्ता, महासचिव बिरेन्द्र प्रसाद गुप्ता, सचिव बिवेक गुप्ता, सदस्य अकलेश साह, राजन साह कानु संचारकर्मी बिमला गुप्ता लगायतको उपस्थीती रहेको थियो ।

Related posts

५ किलो ३०० ग्राम लागुऔषध गाँजा सहित २ जना पक्राउ

hamronepaldainik

हाम्रो नेपाल दैनिकको तेस्रो वार्षिकोत्सवको अवसरमा ५ महिला सहित ३२ जनाले गरे रक्तदान

hamronepaldainik

प्राईम कमर्सियल बैंकको वार्षिकोत्सवमा १० महिला सहित ७६ जनाले गरे रक्तदान

hamronepaldainik
HamroNepalDainik