HamroNepalDainik.com
समाचार

बिधालय ब्यवस्थापन समिति गठन बारे संवाद कार्यक्रम सम्पन्न

बारा । राजनीतिकरणका कारण ओझेलमा परेको बिधालय ब्यवस्थापन समिति बारे संवाद कार्यक्रम सम्पन्न भएको छ । बिधालय ब्यवस्थापन समितिका साथै बिधालयमा अध्यन गर्ने बिद्यार्थीहरूमा समेत राजनीतिकरणका कारण थपिएको चुनौती बिषयमा बिहिवार संवाद कार्यक्रम सम्पन्न भएको हो ।
कलैया उपमहानगरपालिका वडा नम्बर १६ स्थित श्री नेपाल निम्न माध्यमिक बिधालयमा सम्पन्न भएको कार्यक्रममा राजनीतिकरण कै कारण बिगत ३ साल देखि ब्यवस्थापन समिति गठन गर्न नसकिएको वक्ताहरूले बताएका छन । राजनीतिमा आवद्ध राजनीतिकर्मीहरूले आ–आफ्नो नजिकका ब्यक्तिलाई ब्यवस्थापन समितिका अध्यक्ष बनाउने दाउमा लागेकै कारण हालसम्म ब्यवस्थापन समितिको बैठक हुन नसकेको वक्ताहरूले बताएका थिए ।
समाजिक परिवर्तन केन्द्र बाराले आयोजना गरेको कार्यक्रममा स्थानीय युवा, वृद्ध, विभिन्न संघ संगठनका पदाधिकारीहरूका साथै विभिन्न राजनीति दलमा आवध राजनीतिकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Related posts

श्रीनिधि बचत तथा ऋण सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

hamronepaldainik

गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक स्वर्णकारको मृत्यु

hamronepaldainik

पर्साको पोखरिया नगरपालिका वडा नं. २ मा लोसपाको भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik