HamroNepalDainik.com
समाचारस्थानिय

गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक स्वर्णकारको मृत्यु

१३ कार्तिक, वीरगञ्ज । कलैया उपमहानगरपालिका वडा नं. ६ मदरसा टोल स्थित सोमबार दिउँसो  करिब १:३० बाजेको समयमा गोली प्रहारबाट घाइते भएका रुपेश स्वर्णकारको मृत्यु भएको छ । अज्ञात समूहले गरेको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको बीरगन्जको गण्डक स्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अवस्था गम्भीर रहेकोले उपचार गर्दागर्दै स्वर्णकारको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । स्वर्णकारको शव अहिले बयोधा अस्पतालमै राखिएको बारा प्रहरी बताउँछ ।

कलैया अस्पतालमा उपचार हुन नसकेपछि अन्तिममा उनलाई बयोधा अस्पताल लगिएको थियो । अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार गरिएको थियो ।

मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार गरिएको थियो । बारा प्रहरीका अनुसार स्वर्णकारको टाउँको र छातीमा गोली प्रहार भएको थियो छ ।
अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा रहेको बारा प्रहरी प्रमुख सुरेश काफ्ले जनाए । स्वर्णकारले कलैयामा बाल एकता बोर्डिङ सञ्चालन गरेका थिए ।

Related posts

राष्ट्रिय वाणिज्य बैंककाे बार्षिकाेत्सवमा सत्ताव्यापी कार्यक्रम सम्पन्न

hamronepaldainik

अधिकारका लागि फेरि मधेस आन्दोलनको तयारी : डा. सीके राउत

hamronepaldainik

विन्दवासिनी गा.पा.को अध्यक्षमा नेपाली काँग्रेसबाट चौरसियाको टिमले मनोनयन दर्ता गराए

hamronepaldainik
HamroNepalDainik