HamroNepalDainik.com
समाचारस्थानिय

पर्साको पोखरिया नगरपालिका वडा नं. २ मा लोसपाको भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

बिरगंज १० बैशाख , पर्साको पोखरिया नगरपालिका वडा नं. २ मा लोकतान्त्रिक समाजबादी पार्टीको भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। लोसपा नेता महन्त साह गाेढको सभापतित्वमा भएको कार्यक्रममा सयौँ जनाले लोकतान्त्रिक समाजबादी पार्टीमा प्रवेश गरेका छन् । कार्यक्रममा सिवपुजन साह गाेढ र योगेन्द्र प्रसाद कुर्मी (जोगिन्द्र)को नेतृत्वमा सयौँ जना लोकतान्त्रिक समाजबादी पार्टीमा प्रवेश गरेको पार्टीका दिनेश कुमार साहले जानकारी गराए ।

नवप्रवेशीहरुलाई लोकतान्त्रिक समाजबादी पार्टीका नेता मा. लक्षमन लाल कर्ण,सुरेन्द्र कुर्मी,लोकतान्त्रिक समाजबादी पार्टी पोखरियाका अध्यक्ष पदका उम्मेदवार नेजामुदिन समानी तथा उप मेयर पदका उमेदवार आशा देबि लगायतले अबिर तथा माला लगाएर स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मा.लक्षमन लाल कर्णले लोकतान्त्रिक समाजबादी पार्टीले मात्र गाउँ नगर तथा देशमा विकास गर्ने र भ्रष्टचार अन्यत्य गर्न सक्ने दाबी समेत गरेका छन् ।

कार्यक्रममा रामचन्द्र पडीत,अनिरुध साह कालवार,भरत साह तेलि,जाहिर आलम,सखिना खातुन,किशोरी चौहान लगाएत पार्टीका नेता कार्यकर्ता,युवा,बुद्धिजीवी तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

Related posts

बस दुर्घटना हुँदा २६ जना घाइते, पटेर्वासुगौलीका राजकुमारीको अवस्था गम्भिर

hamronepaldainik

‘सीमाबासीसँग सशस्त्र प्रहरी बल’ कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर

hamronepaldainik

निर्वाचन आयोगले खटायो १९ अनुगमन टोली, मौन अवधिमा पैसा बाँडे तुरुन्तै कारबाही

hamronepaldainik
HamroNepalDainik