HamroNepalDainik.com
समाचार

‘सीमाबासीसँग सशस्त्र प्रहरी बल’ कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर

कलैया (बारा), २४ चैत ।
सशस्त्र प्रहरी बल १२ नम्बर गण कलैयाको आयोजनामा नेपाल भारत सीमा क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वीरगंज महानगरपालिका – १४ गण्डक बहुअरी स्थित स्पर्श मल्टिस्पेशलिटि हस्पिटलको सहयोगमा सिम्रौनगढ नगरपालिका – ७ खजानी स्थित आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १ सय २५ जना महिला तथा २ सय ८५ जना पुरुष गरि ४ सय १० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
सशस्त्र प्रहरीले ‘सीमाबासीसँग सशस्त्र प्रहरी बल’ कार्यक्रम अन्तर्गत उक्त निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । स्वास्थ्य शिविरमा वरिष्ठ फिजिसियन इन्टरनल मेडिसिन डा. महेश्वर प्रसाद कुर्मी, वरिष्ठ न्यूरो सर्जन डा. रञ्जित कुमार चौरसिया, हार्ड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. दिपेश कुमार शाह, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. बबिता चौधरी, वरिष्ठ जेनेरल तथा ल्याप्रोस्कोपीक सर्जन डा. अक्लाखुर रहमान, मेडिकल अधिकृत डा. राज बाबु पटेलले चेकजाँच गरेका थिए ।
सो कार्यक्रममा सशस्त्र प्रहरी बल १२ नं. गणका सशस्त्र प्रहरी उपरीक्षक सन्तोष सिंह, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम सिंह धामी, अस्पतालका प्रबन्ध संचालक सन्तोष शर्मा लगायतको उपस्थिति रहेको अस्पतालका प्रशासन प्रमुख सुनिल पटेलले जानकारी दिए ।

Related posts

स्वास्थ्यमन्त्री सिंहद्वारा एचपिभी खोप अभियानको उद्घाटन

hamronepaldainik

देउवाको कारबाहीपछि गगन थापा- ‘हामी नै आधिकारिक कांग्रेस हो, रूख र चारतारे झन्डा हामीसँग छ’

hamronepaldainik

ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचनमा पहिलो चरणको नतिजा सार्वजनिक

hamronepaldainik
HamroNepalDainik