HamroNepalDainik.com
समाचार

निर्वाचन आयोगले खटायो १९ अनुगमन टोली, मौन अवधिमा पैसा बाँडे तुरुन्तै कारबाही

२७ वैशाख, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा तत्काल कारबाही गर्न सक्ने अधिकार दिएर १९ वटा टोली अनुगमनमा खटाएको छ । आयोगले तुलनात्मक रुपमा संवेदनशील ठानिएका स्थानमा १९ टोली परिचालन गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यस्ता टोलीलाई मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभत्तेर, पैसा बाँड्ने काम भएको वा नभएको अनुगमन गर्ने र त्यस्तो देखिए तत्काल कारबाही गर्न सक्ने अधिकार दिइएको छ ।

त्यस्तै सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिएको पाइएमा पनि टोलीले तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउने प्रवक्ता पौडेलले बताए ।

३० वैशाखमा हुने निर्वाचनका लागि मंगलबा राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका गतिविधि गर्न नपाइने आयोगले जनाएको छ । राजनीतिक दल वा उम्मेदवारले प्रचार प्रसारका सामग्री राखेको भए हटाउनुपर्ने पनि आयोगले जनाएको छ ।

सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न पनि नहुने आयोगले जनाएको छ । onlinekhabar

Related posts

भन्सार छलीकाे कस्मेटिक सामानसहित पिकअप पक्राउ

hamronepaldainik

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा भियतनामको व्यवसायीक उद्यान (व्यापारिक पार्क) अवलोकन

hamronepaldainik

बहुदरमाइ नगरपालिकाका मेयर ले बाटो मिची आफ्नो साह दरबार होटल बनाएको आरोप

hamronepaldainik
HamroNepalDainik