HamroNepalDainik.com
समाचारस्थानिय

विपद् व्यवस्थापनमा सहयाे पुऱ्याउने संस्थाहरु सम्मानित

२९ माघ, वीरगंज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार बाढी, पहिरो र भुकम्प सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेकाे छ । जिल्ला प्रशासन कार्यालय पर्साकाे आयाेजनामा भएकाे कार्यक्रममा विपद् व्यवस्थापन कार्य एवं राहत वितरण कार्यमा सहयाे पुऱ्याउने संस्था र व्यक्तिलाई सम्मान समेत गरिएकाे छ  ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेकाे प्रमुख जिल्ला अधिकारी गणेश अर्यालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विपद् व्यवस्थापनमा सहयाेग गर्ने ९  संस्थालाई कदर पत्रले सम्मान गरेका थिए ।

सम्मानित हुनेमा सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमाल, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा.पर्सा, रूंगटा वेलफेयर सोसाइटी, वीरगंज उद्योग वाणिज्य संघ नेपाल, रेडक्रस सोसाइटी, रोटरी क्लब अफ वीरगंज, नेपाल यूवा उद्यमी मंच, वीरगंज च्याप्टर ग्रीन सिटी सामुदायीक सेवा केन्द्र,  लायन्स क्लब वीरगंज र नेपाल पत्रकार महासंघ, पर्साका सह सचिव एस के चौरसिया रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयकाे सभा हलमा भएकाे कार्यक्रममा पाेखरिया नगरपालिकाका मेयर प्रधुमन चाैहान, कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ठ कुमार गुप्ता, प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरी, सहायक प्रमुख जिल्ला अधिकारी निशान राज गाैतम, सुमन कुमार कार्की, प्रशासकिय अधिकृत दिपक कुमार पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

सो कार्यक्रम सँगै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट विभिन्न निर्णयहरु भएको एवं यस वर्षको शितलहरबाट प्रभावित गरिब तथा बिपन्न परिवारलाई न्यानो कपडा लगायतका राहत सामाग्री उपलब्ध गराई विपद् व्यवस्थापन कार्य एवं राहत वितरण कार्यमा पुऱ्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै ९ व्यक्ति र संस्थालाई कदर-पत्र प्रदान गरिएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

Related posts

सुशासन समितिको अनुगमन , ग्रामिण क्षेत्र को वडा कार्य अझ प्रभावकारी हुने

hamronepaldainik

कांग्रेसलाई माधव नेपालको चेतावनी : हैसियतभन्दा बढी सिट नखोज

hamronepaldainik

जनमत : बिरगंज महानगरपालिकाको नगर अधिवेशन सम्पन्न

hamronepaldainik
HamroNepalDainik