HamroNepalDainik.com
समाचार

प्रेस कार्ड कीर्ते गर्नेलाई प्रेस काउन्सिल द्वारा कारबाहीको सिफारिस

१८ असोज, काठमाडौं । प्रेस काउन्सिल नेपालले कीर्ते गरी प्रेस पास बनाउनेमाथि अनुसन्धान र कारबाही गर्न नेपाल प्रहरीलाई सिफारिस गरेको छ ।

दृष्टि प्रकाशनको लेटरप्याड, छाप र हस्ताक्षर समेत नक्कली बनाइ अष्टेलिया जाने प्रयोजनका लागि पठाइएको पाएपछि थप अनुसन्धानका लागि काउन्सिलले प्रहरीलाई सिफारिस गरेको हो ।

काउन्सिलले शुक्रबार विज्ञप्ती निकालेर यस्तो जानकारी दिएको हो । काउन्सिलका अनुसार गलत व्यक्तिहरुले कीर्ते गरी आफ्नो लेटरप्याड, प्रेस पास समेत दुरुपयोग भएको भन्दै दृष्टि प्रकाशन काउन्सिल पुगेको थियो ।

यसैगरी, काउन्सिलले एकपक्षीय र प्रायोजित समाचार सम्प्रेषण गरेको भन्दै अंग्रेजी दैनिक द हिमालयनमाथि परेको उजुरीमा विस्तृत अनुसन्धान गर्न एक कार्यदल समेत गठन गरेको छ ।

काउन्सिलले शुक्रबार त्यसबारे विशेष अध्ययन गरी प्रतिवेदन पेस गर्न बोर्ड सदस्य ठाकुर बेल्वासेको संयोजकत्वमा ३ सदस्यीय कार्यदल समेत गठन गरेको हो ।

Related posts

सुरु भयो प्रधानमन्त्री र कानुन व्यवसायीहरु बीच छलफल

hamronepaldainik

कलैयामा सोमवारदेखि भौतिकरूपमा कक्षा सञ्चालन

hamronepaldainik

कक्षा १० का बिधार्थीहरु लाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न।

hamronepaldainik
HamroNepalDainik