HamroNepalDainik.com
समाचार

प्रेस कार्ड कीर्ते गर्नेलाई प्रेस काउन्सिल द्वारा कारबाहीको सिफारिस

१८ असोज, काठमाडौं । प्रेस काउन्सिल नेपालले कीर्ते गरी प्रेस पास बनाउनेमाथि अनुसन्धान र कारबाही गर्न नेपाल प्रहरीलाई सिफारिस गरेको छ ।

दृष्टि प्रकाशनको लेटरप्याड, छाप र हस्ताक्षर समेत नक्कली बनाइ अष्टेलिया जाने प्रयोजनका लागि पठाइएको पाएपछि थप अनुसन्धानका लागि काउन्सिलले प्रहरीलाई सिफारिस गरेको हो ।

काउन्सिलले शुक्रबार विज्ञप्ती निकालेर यस्तो जानकारी दिएको हो । काउन्सिलका अनुसार गलत व्यक्तिहरुले कीर्ते गरी आफ्नो लेटरप्याड, प्रेस पास समेत दुरुपयोग भएको भन्दै दृष्टि प्रकाशन काउन्सिल पुगेको थियो ।

यसैगरी, काउन्सिलले एकपक्षीय र प्रायोजित समाचार सम्प्रेषण गरेको भन्दै अंग्रेजी दैनिक द हिमालयनमाथि परेको उजुरीमा विस्तृत अनुसन्धान गर्न एक कार्यदल समेत गठन गरेको छ ।

काउन्सिलले शुक्रबार त्यसबारे विशेष अध्ययन गरी प्रतिवेदन पेस गर्न बोर्ड सदस्य ठाकुर बेल्वासेको संयोजकत्वमा ३ सदस्यीय कार्यदल समेत गठन गरेको हो ।

Related posts

आतङ्कवादी हमला हुने आशङ्का : रक्सौलमा प्रहरीद्वारा चेकजाँचमा तीव्रता

hamronepaldainik

समाजसेवी सम्मी अग्रवाल सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा राष्ट्रपतिबाट विभूषित

hamronepaldainik

आरकेएल दास एण्ड कम्पनीद्धारा शुभ दीपावली एवं छठ पर्वको शुभकामना आदान प्रदान

hamronepaldainik
HamroNepalDainik